×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

नेपाललाई दुख दिदा ‘आनन्द ठान्छ’ भारत, यसकारण खोलेन सप्तकोशीको ढोका !

काठमाडौं । नेपाललाई दुख दिदा ‘आनन्द ठान्ने’ भारतले फेरि एक पटक आफ्नो दादागिरी देखाएको छ । तराईका जिल्ला बाढीको चपेटामा परेपछि परराष्ट्रमन्त्री कृष्णबहादुर महराले सत्पकोशी बाधका ढोका खोल्न कुटनीतिक पहल थालेका थिए तर, मन्त्री महराको पहललाई भारतले आनाकानी गरेको छ । 
सप्तकोषी नदीमा पानीको बहाव खतराको संकेतभन्दा माथि छ तर भारले अघोषित नाकाबन्दीका बेला देखाएकोजस्तै अर्को मानवीय हर्कत प्रस्तुत गरेको छ । मन्त्री महराले भारतीय राजदूतलाई काठमाडौंमा र दिल्लीस्थित दूतावासले भरतीय विदेश मन्त्रालयमा ढोका खोल्न आग्रह गरेका थिए । तर, पनि ५६ मध्ये ३७ वटा ढोका मात्र खोलिएको छ । 
यस्तो छ ढोका नाखोल्नुको कारण 
केही समय अगाडि भारतीय मिडियाले सप्तकोशी बाँधमा आइएसले बम विस्फोटन गराउन थालेको भनेर प्रचार गरेका थिए । यसका पछाडि पनि भारतले बाँधमा आफ्नो सुरक्षा उपस्थिति खोजेको रुपमा हेरिएको छ । 
अन्तराष्ट्रिय आतंकवादी संगठनले नेपाल र भारतको सिमामा रहेको कोशी ब्यारेजको पुलमा ‘आक्रमण’ गर्ने योजना बनाएको समाचार भाइरल बनेकाे थियाे छ ।
सुनसरी र सप्तरी जिल्लामा पर्ने कोशी ब्यारेजको पुलमा आक्रमण गर्ने योजना बनेको भन्दै भारतीय प्रशासनले लिखित रुपमा नेपालका प्रशासनलाई पत्र पठाएपछि यो तथ्य खुलेको भारतिया मिडियाहरूकाे दावी थियाे ।
भारत बिरपुर जिल्लाका डिस्ट्रीक म्याजेस्टेड (डिएम) बाट नेपाल स्थित सुनसरी जिल्ला प्रशासन कार्यालयलाई पत्र लेख्दै लस्करे ए तोइवा, जैस-इ-मोहमद र पाकिस्तानी मुजाहिदीनले कोशी पुलमा आक्रमणको योजना बनाएको उल्लेख गरिएको थियाे । पत्र गत साउन ५/६ गतेतिर सुनसरी प्रशासनमा प्राप्त भएको थियाे ।

के गर्दै छन् राजदूत श्रेष्ठ ?
उता कुटनीतिक पहल बढाउनुपर्ने बेला भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्याय काठमाडौंमै बसिरहेका छन् । 
भारतले कोशीमै अर्को उच्च बाँध बनाउन चाहेको र ढोका नखोलेर नेपाल सरकार र दलहरुमाथि दवाव बनाईरहेको श्रेष्ठको बुझाई छ। विपतको बेला ढोका खुल्न आनकानी गरेर भारतले दवावको कुटनीति गरिरहेको श्रेष्ठ मान्छन् । 
उनका अनुसार भारतले बाँधका सुरक्षा उपस्थिति खोजेको छ र यस्तै विपतका बेला दवाव बनाएर आफ्नो योजना पुरा गर्न भारत यतिबेला लागिपरेको छ । परराष्ट्रमन्त्री कृष्णबहादुर महराले पटकपटक बाधका ढोका खोल्न आग्रह गरेपनि भारत आनाकानी गर्दै चुपचाप बसेको छ ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: