जनता बैंकको खुद नाफा ६४ करोड १८ लाख
Powered by Blogger.
जनता बैंकको खुद नाफा ६४ करोड १८ लाख

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं - आर्थिक वर्ष २०७३/७४ को चौथो त्रैमासमा जनता बैंकले ३८०.२६% ले खुद नाफा बढोत्तरी गरेर ६४ करोड १८ लाख २५ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यही अवधिमा बैंकले १३ करोड ३६ लाख ३९ हजार रुपैयाँ मात्र खुद नाफा कमाएको थियो । जनताले भारी मात्रामा राइट ब्याक गरेका कारण नाफामा उल्लेख्य वृद्धि भएको हो । बैंकले चौथो त्रैमासको अन्त्यसम्ममा ४१ करोड ८ लाख ५ हजार रुपैयाँ राइट ब्याक गरेको छ । सम्भावित जोखिमका लागि पनि बैंकले १७ करोड ७९ लाख २६ हजार रुपैयाँ छुट्याएको छ । बैंकले खुद ब्याज आम्दानी पनि ५२.९७% ले बढाएर १ अर्ब १४ करोड ३७ लाख २४ हजार रुपैयाँ पुर्याएको छ । अघिल्लो वर्ष खुद ब्याज आम्दानी ७४ करोड ७६ लाख २२ हजार रुपैयाँ थियो । बैंकले ४८ अर्ब ५७ करोड ४९ लाख २९ हजार रुपैयाँ निक्षेप संकलन गरेको छ । यो अघिल्लो वर्षको तुलनामा १०१.८२ % ले बढी हो । अघिल्लो वर्ष निक्षेप संकलन २४ अर्ब ६ करोड ७५ लाख ५६ हजार रुपैयाँ मात्र थियो ।

यता, जनताको कर्जा लगानी पनि १२२% वृद्धि भएको छ । बैंकले यो त्रैमासमा ४५ अर्ब ६५ करोड ३५ लाख १७ हजार रुपैयाँ कर्जा लगानी गरेको छ । अघिल्लो वर्ष बैंकले २० अर्ब ४७ करोड २५ लाख १३ हजार रुपैयाँ मात्र कर्जा लगानी गरेको थियो । बैंकको खराब कर्जा घटेको छ भने कस्ट अफ फन्ड बढेको छ । खराब कर्जा २.३७% बाट घटेर २.०९% मा आएको छ भने कस्ट अफ फन्ड ४.५१% बाट बढेर ७.९८% पुगेको छ । जनताले रिजर्भ कोषमा १ अर्ब ८२ करोड १९ लाख ३३ हजार रुपैयाँ राखेको छ । अघिल्लो वर्षको तुलनामा रिजर्भ कोष ९६५.४२% बढी हो । अघिल्लो वर्ष बैंकको रिजर्भमा १७ करोड १० लाख ६ हजार रुपैयाँ मात्र थियो । जनताको चुक्ता पुँजी २०३.१२%ले बढेर ६ अर्ब ९९ करोड ३६ लाख ९४ हजार रुपैयाँ छ । अघिल्लो वर्ष बैंकको चुक्ता पुँजी २ अर्ब ३० करोड ७२ लाख रुपैयाँ थियो । बैंकको प्रतिसेयर आम्दानी ९ रुपैयाँ १८ पैसा र प्रतिसेयर नेटवर्थ १२६ रुपैयाँ ५ पैसा छ ।

प्रकाशित मिति : Sunday, August 13, 2017

अर्थ सरोकार डटकमको लिखित अनुमति विना कुनै पनि समाचार स्रोत खुलाएरै भएपनि साभार गर्न पाइने छैन । अन्य जानकारीका लागि हाम्रो User Guidelines हेर्नुहोला ।

हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्

,

Loading...