जनता बैंकका संस्थापकले पनि बिक्री गर्न चाहे सेयर, अब कसले किन्न पाउँछ ?
Powered by Blogger.
जनता बैंकका संस्थापकले पनि बिक्री गर्न चाहे सेयर, अब कसले किन्न पाउँछ ?


काठमाडौं - जनता बैंकका केही संस्थापकले आफ्नो नाममा रहेको सेयर बिक्री गर्ने इच्छा व्यक्त गरेका छन् । केही संस्थापकले आफ्नो नामको सबै सेयर बेच्न खोजेका छन् भने केहीले आशिंक सेयर बिक्री गर्न चाहेका हुन् । सेयर बिक्री गर्न सञ्चालक समितिमा आवेदन परेपछि बैंकले संस्थापकमध्येबाटै सेयर किन्न चाहनेको खोजी गरेको छ । संस्थापक सेयर किन्ने पहिलो अधिकार सोही बैंकको संस्थापक सेयरधनीलाई नै हुनेछ । संस्थापकले नकिनेमा मात्र अन्य व्यक्ति तथा संस्थाले किन्न पाउनेछन् । यो सूचना सार्वजनिक भएको ३५ दिनभित्र सेयर किन्न इच्छुक संस्थापक सेयरधनीले जनता बैंकको केन्द्रीय कार्यालयमा पुग्ने गरी आवेदन दिनुपर्नेछ । अन्यथा अन्य व्यक्ति तथा संस्थालाई बिक्री गरिने बैंकले जनाएको छ ।


Published Date : Thursday, August 10, 2017

हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्

,

Loading...