जेबिल्स फाइनान्सको १००% हकप्रद, भदौ १४ गते बुक क्लोज
Powered by Blogger.
जेबिल्स फाइनान्सको १००% हकप्रद, भदौ १४ गते बुक क्लोज

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं - जेबिल्स फाइनान्सले १००% हकप्रद बिक्री गर्न भदौ १४ गते बुक क्लोज गर्ने भएको छ । यसआधारमा भदौ १३ गतेसम्म कायम रहेका सेयरधनीले मात्र जेबिल्सको हकप्रद भर्न पाउनेछन् । नयाँ लगानीकर्ताले पनि हकप्रद दाबी गर्न बुक क्लोज हुनुभन्दा अघिल्लो दिनसम्ममा सेयर किनिसक्नुपर्नेछ । जेबिल्सले १ः१ अनुपातमा १०० रुपैयाँ दरको २८ लाख ८९ हजार ५६२.५० कित्ता हकप्रद बिक्री गर्न धितोपत्र बोर्डबाट अनुमति पाइसकेको छ । 

यो हकप्रदमा सनराइज क्यापिटलले बिक्री प्रबन्धकको काम गर्दैछ । फाइनान्सले १००% हकप्रद बिक्री गरिसकेपछि फेरि ४०% हकप्रद निष्कासन गर्नेछ । ४०% हकप्रद ल्याउने निर्णय असार २३ गतेको विशेष साधारण सभाबाट पारित भइसकेको छ । हाल जेबिल्सको चुक्ता पुँजी २८ करोड ८९ लाख ५६ हजार रुपैयाँ छ । गत आर्थिक वर्षको चौथो त्रैमासमा फाइनान्सले ३ करोड ६२ लाख ७१ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।


Published Date : Tuesday, August 22, 2017

हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्

,

Loading...