×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

खनालले भने – सर्वोच्च अदालतको निर्णयले अपराध गर्नेलाई प्रोत्साहन मिल्यो

  • अर्थ सरोकार सम्बाददाता 

झापा –  गृह जिल्ला इलाम जाने क्रममा सोमबार झापाको बिर्तामोडमा नेकपा एमालेका नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनालले भरतपुरमा लोकतन्त्रले हारेको टिका – टिप्पणी गरेका छन् । सर्वोच्च अदालतको पुनः मतदान हुनु पर्ने निर्णयप्रति लक्षित गर्दै उनले अपराध गर्नेलाई प्रोत्साहन मिलेको बताए । यो अदालतको निर्णय दुर्भाग्यपूर्ण हो – खनालले भने । स्थानीय निर्वाचनको मौन अवधिमा दुई वटा गाडीलाई मात्र पास दिइँदा पनि ११ वटा गाडी चलाइएको उनको दाबी छ । तर, भरतपुरमा एमाले लोकतन्त्रको रक्षार्थ सधैँ तल्लीन रहन्छ – उनले थपे ।  

मतपत्र च्यातेर दोहोरो निर्वाचन गराउनु नै षड्यन्त्र हो, यसपटक त्यहाँ लोकतन्त्रले हारेको तर नेपाली जनताले हारेका छैनन् भनी गुनासो ब्यक्त गरेका छन् । सिङ्गो राज्यसत्ता लागेर माओवादी–कांग्रेसको गठबन्धनले गर्दा मात्र बिपक्ष पार्टी माओवादी जितेको हो नत्र विजयको स्वाद कस्तो हुन्छ भन्ने कुरा थाहा नपाउने खनालले बताएका छन् । यो  निर्वाचनमा जे जसो भएपनि तेस्रो चरणको निर्वाचनमा पनि एमाले पहिलो शक्ति हुने उनको दाबी छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: