×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

झलनाथ खनालका छोराले बिगार्दैछन् नेपाल-चीन सम्बन्ध – मन्त्री जितेन्द्र नारायण देव

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जितेन्द्र नारायण देवले भने भैरहवा विमानस्थलको ठेक्का नतोडिदिन चिनियाँ राजदुतले नै अनुरोध गर्नु भएको छ, तर उहाँको कम्पनीले निर्माण सामग्रीको अभाव र स्थानिय समस्याका कारण कामै गर्न सकिरहेको छैन, हामी चुप लागेर बस्ने अवस्था छैन । मन्त्री देवले भैरहवा विमानस्थलमा पुर्व प्रधानमन्त्री तथा नेकपा(एमाले)का बरिष्ठ नेता झलनाथ खनालका छोराका कारण चिनियाँ कम्पनीसँगको ठेक्का तोड्नुपर्ने अवस्था आएको बताएका छन् ।
निर्भिक खनाल, राजु गुरुङ र फुर्वा शेर्पाले भैरहवा विमानस्थलमा निर्माण सामग्री सप्लाई गर्ने सम्झौता चिनियाँ कम्पनीसँग गरेका रहेछन्, ठेकेदार र उनीहरुको सम्बन्ध बिग्रिएपछि अहिले काम द्रुतगतिमा अघि बढ्न सकिरहेको छैन, उहाँहरुले धर्नादेखि अवरोधका गतिबिधी गरिहनु भएको छ । उनले भनेको निर्माण सामग्रीको अभाव र स्थानीय समस्या चाँही झलनाथ खनालका छोरा निर्भिक खनाल, राजु गुरुङ र फुर्वा शेर्पाले सृजना गरेका हुन् ।
तर निर्माण स्थलमा हाल दैनिक १०० कामदार मात्रै कार्यरत रहेको बताउँदै त्यो संख्यालाई बढाएर २५० पुर्याउन आग्रह गरेको पनि जानकारी दिए । कामदारको संख्या बढाउनुस, मेसिन र उपकरण थप्नुस, २ महिना भित्र काममा केहि प्रगति गरेर पुरै काम गर्ने कार्ययोजना ल्याउनुस भनेको छु – मन्त्रीले भने ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: