ज्योति विकास बैंकको खुद नाफा ७२.३०% ले वृद्धि


  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौं - आर्थिक वर्ष २०७३/७४ को चौथो त्रैमासमा ज्योतीले ७२.३० प्रतिशतले खुद नाफा वृद्धि गरी २६ करोड १८ लाख २० हजार रुपैयाँँ पुर्याएको छ । अघिल्लो आर्थिक वर्षमा ज्योतीको खुद नाफा १५ करोड १९ लाख ४८ हजार रुपैयाँ मात्र थियो । बैंकले ५० करोड ९५ लाख १० हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । यो अघिल्लो वर्षको तुलनामा ५३.५८ प्रतिशतले बढी हो । अघिल्लो आवमा खुद ब्याज आम्दानी ३३ करोड १७ लाख ४४ हजार रुपैयाँ थियो । चौथो त्रैमासमा ज्योतीले १० अर्ब ५१ करोड ६० लाख १७ हजार रुपैयाँ निक्षेप संकलन गरेको छ भने ९ अर्ब १३ करोड ८२ लाख २१ हजार रुपैयाँ कर्जा लगानी गरेको छ । अघिल्लो आवको तुलनामा निक्षेप संकलन र कर्जा लगानी क्रमशः ३६.९७ प्रतिशत र ५२.०६ प्रतिशत बढी हो । अघिल्लो वर्ष बैंकले ७ अर्ब ६७ करोड ७१ लाख ७५ हजार रुपैयाँ निक्षेप संकलन गरेको थियो भने ६ अर्ब ९५ लाख ३३ हजार रुपैयाँ कर्जा लगानी थियो ।

ज्योतिको खराब कर्जा ०.७४ प्रतिशतमा सीमित भएको छ । अघिल्लो वर्ष खराब कर्जा १.३९ प्रतिशत थियो । कस्ट अफ फन्ड भने ५ प्रतिशतबाट बढेर ७.८२ प्रतिशत पुगेको छ । बैंकले चुक्ता पुँजी पनि १०४.३९ प्रतिशतले वृद्धि गरी २ अर्ब १२ करोड ९० लाख ५३ हजार रुपैयाँ पुर्याएको छ । अघिल्लो आर्थिक वर्षमा चुक्ता पुँजी १ अर्ब ३ करोड १५ लाख २३ हजार रुपैयाँमात्र थियो । बैंकले गत वर्ष १००% हकप्रद बिक्री गरेपछि चुक्ता पुँजी बढेको हो । यसले गर्दा ज्योतिको प्रतिसेयर आम्दानी र नेटवर्थ दुवै घटेको छ । चौथो त्रैमासमा बैंकको प्रतिसेयर आम्दानी (वार्षिक) १२ रुपैयाँ ३० पैसा र प्रतिसेयर नेटवर्थ १२१ रुपैयाँ ६७ पैसा छ । अघिल्लो वर्ष भने प्रतिसेयर आम्दानी र प्रतिसेयर नेटवर्थ क्रमशः १६ रुपैयाँ ४५ पैसा र १२५ रुपैयाँ ३३ पैसा थियो । ज्योतीले गत वैशाख २८ देखि ३१ गतेसम्म १०० प्रतिशत हकप्रद बिक्रि गरेको थियो । बैंकले रिजर्भ कोषमा २६६.६३ प्रतिशतले बढाएर ४६ करोड १४ लाख १४ हजार रुपैयाँ जम्मा गरेको छ । अघिल्लो आवमा बैंकको रिजर्भ कोषमा १२ करोड ५८ लाख ५१ हजार रुपैयाँ थियो ।
प्रकाशित : Thursday, August 03, 2017
Loading...

recent

Popular Posts