×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

संसदमा ओलीको आक्रोशः भारतले एकलौटी बाँध बाँँधिरहेका बेला सरकार किन मौन ?

काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणमा सीमा क्षेत्रमा बाँधिएका बाँधका विषयमा कुरा उठाउनुपर्ने बताएका छन् । आज बसेको व्यवस्थापिका संसदमा विषय समयमा बोल्दै अध्यक्ष ‌ओली प्रधानमन्त्री भारत भ्रमणका क्रममा कोशी ब्यारेजको व्यवस्थापन र सीमानामा रहेका बाँधबारे छलफल गर्न आग्रह गरेका छन् ।
‘भारतले सीमामा एकलौटी रुपमा बाँध बाँधिरहेको छ भन्ने कुरा उठिरहेको बेला सरकार मौन छ । अन्तर्राष्ट्रिय कानुन विपरित भएका कामलाई भारतसँग कुरा गर्नुपर्ने र नेपाललाई अहित हुने बाँधहरु हटाउनुपर्छ,’ ओलीले भने, ‘हटाउने वा स्थान्तरण गर्ने विषयमा काम गर्नुपर्छ ।’ उनले असमान सम्झौतालाई पुनरावलोकन गर्नुपर्ने बताए ।
ओलीले सीमामा रेल अनुपयुक्त भएको पनि बताए । नेपालमा नेपालको रेल र भारतमा भारतको रेल चल्छ । सीमा रेल भन्ने शव्दावली नै गलत हो । साथै ओलीले प्रतिनिधि सभाको ऐन सरकारका कारणले पास हुन नसकेको बताए । त्यस्तै ओलीले गोविन्द केसीका माग पूरा गर्न एमाले बाधक भएको आरोप लगाइएको बताए ।
संविधान संशोधनमा हिजो भएको मतदानमा एमालेका कारण असफल भएको हल्ला निरधार भएकोसमेत बताए । संविधान संशोधनिय विषय भएकाले चुनावपछि पनि संशोधन गर्न सकिने र सरकार पक्ष र राजपाले हतार गरेर चुनाव अघि गर्न खोजेको बताए । साथै यस विषयलाई छलफल गरेर आवश्यकताअनुसार संशोधन गर्न सकिने बताए ।
बैठकमा आक्रोशित रुपमा प्रस्तुत भएका ओलीले संशोधनलाई विवादको विषय नबनाउन हामीले दिएको सुझाव विपरित गएकाले हिजो यो नियती भोग्नु परेको बताए । – काठमाडौँ टुडे 
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: