काबेली विकास बैंकको भदौ १८ देखि हकप्रद आउँदै, अन्तिम म्याद असोज २१
Powered by Blogger.
काबेली विकास बैंकको भदौ १८ देखि हकप्रद आउँदै, अन्तिम म्याद असोज २१


काठमाडौं - काबेली विकास बैंकले भदौ १८ गतेदेखि ५०% हकप्रद सेयर निष्कासन गर्ने भएको छ । बैंकले २ः१ अनुपातमा १०० रुपैयाँ दरको ३ लाख ५० हजार ८८० कित्ता हकप्रद सेयर बिक्री गर्न लागेको हो । बैंकले हकप्रद भर्ने अन्तिम म्याद भने असोज २१ गते तोकेको छ ।

हाल काबेलीको चुक्ता पुँजी ७ करोड १ लाख ७६ हजार रुपैयाँ छ । हकप्रदको बिक्रीपछि बैंकको चुक्ता पुँजी १० करोड ५२ लाख ६४ हजार रुपैयाँ पुग्नेछ । गत आर्थिक वर्षको चौथो त्रैमासमा बैंकले २ करोड ३४ लाख ५५ हजार रुपैयाँ खुद नाफा कमाएको छ । काबेलीको प्रतिसेयर आम्दानी (वार्षिक) ३३ रुपैयाँ ४२ पैसा र प्रतिसेयर नेटवर्थ १५६ रुपैयाँ ५४ पैसा छ ।

आवेदन दिने ठाउँ 
यसमा बिक्री प्रबन्धकको काम ग्लोबल आइएमई क्यापिटलले गरेको छ । लगानीकर्ताले बिक्री प्रबन्धकको कार्यालय नाचघर जमल तथा ग्लोबल आइएमई बैंकको वीरगंज, इटहरी, जनकपुर, नारायणघाट, पोखरा, नेपालगंज र बुटवल शाखाबाट हकप्रदका लागि आवेदन दिन सक्नेछन् । यसैगरी, काबेली विकास बैंकको धनकुटा स्थित रजिष्टर्ड कार्यालय तथा धनकुटा जिल्लाकै हिले, बुधबारे, राजारानी र सिधुवा शाखाबाट पनि आवेदन दिन पाइनेछ । 


Published Date : Thursday, August 17, 2017

हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्

,

Loading...