×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

थापा उपप्रधानमन्त्री नभए सम्म सरकारमा नजाने भान्नु भएको कुरा मलाई चित्त बुझेन – पशुपति शम्शेर

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौं – पार्टी एकीकरण भएको ९ महिनामै राप्रपा फुटेको छ । नेता पशुपति शम्शेर राणाले आफ्नो स्वार्थका निमित्त र अराजकता निम्त्याएर राप्रपा अध्यक्ष कमल थापाले गरेका कारण आफूले  एकाधिकारका रुपमा नया पार्टी खोलेको जानकारी दिएका छन् । राणाले भने – आफूले चुनाबको बारेमा राम्रो सुझाब दिएको तर उहाले आफ्नो खुसीका अनुसार चलेकोले आफ्नो पार्टीले हार व्याहोर्नु परेको बताएका छन् । राणाले केन्द्रीय सदस्यका रुपमा ४२ मनोनित गरिएको थाहा समेत नभएको भन्दै थापा आफू उपप्रधानमन्त्री नभए सम्म सरकारमा नजाने भन्नुभएपछि हामीलाई उहाको कुरा चित्त नबुझेको बताएका छन् ।
दुई राप्रपा एकीकरण भएपछि देशको चौथौ ठुलो दल बनेको राप्रपा फेरी सानो दलमा परिणत भएको छ ।कमल थापाले नेतृत्व गरेको राप्रपा नेपाल र राणाले नेतृत्व गरेको राप्रपाबीच ९ महिनाअघि एकीकरण भएको थियो । दुई राप्रपा एकीकरण भन्दा पहिले राणासँग १२ सांसद थिए भने थापासँग २५ सांसद थिए । प्रभावशाली नेता तथा पूर्व प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द भने थापा र राणा अलग भएपनि मौन बसेका छन् । उनले दुवै नेताका पक्ष वा विपक्षमा बोलेका छैनन् । तर अहिले विभाजन हुँदा २२ सांसद आफ्नो पक्षमा रहेको दावी राणा पक्षले गरेका छन् । तर अध्यक्ष थापाले भने नक्कली हस्ताक्षर गरेको दावी गरेका छन् । राणा नेतृत्वको राप्रपाबाट आएका सवै सांसदहरु फेरी फर्केका छन् भने थापा नेतृत्वमा रहेका सांसदहरु पनि राणाका पक्षमा पुगेका छन् । सांसदहरु भने कहिले राणाको पक्षमा त कहिले थापाको पक्षमा फेरबदल भइरहेको छ । 
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: