कामना सेवा विकास बैंकको सेयर लिलामीमा, भदौ ११ देखि १८ सम्म भर्न पाइने
Powered by Blogger.
कामना सेवा विकास बैंकको सेयर लिलामीमा, भदौ ११ देखि १८ सम्म भर्न पाइने

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौं - कामना सेवा विकास बैंकले भदौ ११ गतेदेखि संस्थापक र सर्वसाधारण समूहको सेयर लिलामीमा बिक्री खुला गर्ने भएको छ । बैंकले संस्थापक समूहको ४२ हजार १२०.३४ कित्ता र सर्वसाधारण समूहको १ लाख ३३ हजार २३८.२६ कित्ता सेयर लिलामी गर्ने जनाएको छ । यसअघि साविकको कामना विकास बैंकले ३०% हकप्रद निष्कासन गर्दा बिक्री नभएको सेयर लिलामी गर्न लागेको हो । लिलामीमा भदौ १८ गतेसम्म आवेदन दिन सकिनेछ । लगनीकर्ताले बिक्री प्रबन्धक एनआइबीएल क्यापिटल लाजिम्पाट काठमाडौं वा बैंकको पोखरा लेखनाथ–८ स्थित केन्द्रीय कार्यालयमा पुग्ने गरी बोलपत्र फारम पेस गर्नुपर्नेछ । बोलपत्र भदौ २० गते बिहान १० बजे बिक्री प्रबन्धकको कार्यालयमा खोलिनेछ ।

कामना र सेवा विकास बैंक मर्ज भएर कामना सेवा विकास बैंकको नामबाट साउन २० गतेदेखि एकीकृत कारोबार सुरु भइसकेको छ । गत आर्थिक वर्षको चौथो त्रैमासमा कामना विकास बैंकले १७ करोड ६५ लाख ९५ हजार रुपैयाँ खुद नाफा कमाएको छ भने सेवाले पनि १७ करोड २८ लाख ७४ हजार रुपैयाँ खुद नाफा कमाएको छ । कामनाको प्रतिसेयर आम्दानी २१ रुपैयाँ ९५ पैसा र प्रतिसेयर नेटवर्थ १३९ रुपैयाँ ५१ पैसा छ । यसैगरी, सेवा विकास बैंकको पनि प्रतिसेयर आम्दानी १७ रुपैयाँ र प्रतिसेयर नेटवर्थ १२९ रुपैयाँ ८ पैसा छ । असार मसान्त सकिएपछि मात्र एकीकृत कारोबार सुरु भएकाले यी दुई बैंकले छुट्टाछुट्टै वित्तीय विवरण निकालेका हुन् ।


Published Date : Friday, August 18, 2017

हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्

,

Loading...