×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

विशाल भन्छन्-एउटै थालमा खाने साथीले छोरा अपहरण गर्‍यो भनेर कसरी विश्वास गर्नू ?

काठमाडौं । प्रहरीले बालक विशाल चौधरीको अपहरणमा संलग्न २ जनालाई नियन्त्रणमा लिएको छ । महानगरिय प्रहरी अपराध महाशाखा टेकुले शनिबार पत्रकार सम्मेलन गरी बालक अपहरणमा संलग्न रामेछापका राजु विक र विष्णु पाण्डेलाई सार्वजनिक गरेको हो ।
विकलाई रामेछापबाट र पाण्डेलाई उदयपुरबाट नियन्त्रणमा लिईएको प्रहरीले जनाएको छ । आर्थिक उद्देश्यका साथ बालक अपहरण गरेको प्रारम्भीक अनुसन्धानले देखाएको महानगरीय अपराध महाशाखाका वरिष्ठ प्रहरी उपरीक्षक दिनेश अमात्यले जानकारी दिए । 
काठमाण्डौको असनमा व्यापार गर्दै आएका बिजय चौधरीका ५ बर्षिय छोरा विशाल साउन १२ गते पकनाजोलस्थित सरस्वती बोर्डिङ सेकेण्डरी स्कुल गेटबाट अपहरणमा परेका थिए । उनलाई अपराध महाशाखाको अनुसन्धान टोलिले १६ गते विहान काडाघारीबाट सकुसल उद्धार गरेको थियो । बालक फेला पर्नु अघि अहरणकारीले बालकका आफन्तलाई फोन गरेर ५० लाख रुपैया फिरौति मागेका थिए ।
अपरहणमा परेको ५ वर्षे छोरा विशालको शकुसल उद्दार भएपछि विजय चौधरी दम्पत्ति खुसी छन् । शनिबार नै मनकामना गएर भाकल अनुसार बोका पनि काटे तर, उनी खुसीसँगै दुःखी पनि छन् । अपहरणकारी आफ्नै साथी पो रहेछन्, जसलाई उनका बाबुले छोरा समान मानेका थिए । उनीहरु एउटै थालमा खान्थे । 
विशाल भन्छन्-एउटै थालमा खाने साथीले छोरा अपहरण गर्‍यो भनेर कसरी विश्वास गर्नू ?
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: