×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

कांग्रेस राजनीतिमा नयाँ मोड, निधि देखाएर देउवाले तर्साए कोइराला परिवार

काठमाडौं – नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमण जाँदा निर्वाचित महामन्त्री शशांक कोइरालालाई अपमान गर्दै केन्द्रीय सदस्य हैसियतमा रहेका विमलेन्द्र निधिलाई कार्यबहाक सभापतिको जिम्मेवारी दिए । देउवाको कार्यशैलीबाट झस्किएको कोइराला परिवार एक ठाउँमा आएपछि नेपाली कांग्रेसको राजनीतिमा नयाँ तरङ आएको छ ।
देउवाले आफुपछि विमलेन्द्र निधिलाई कांग्रेसको नेतृत्वमा स्थापित गर्ने निश्चित भएपछि कोइराला परिवार एक ठाउँमा आएको हो । पार्टी सभापतिका लागि देउवा र रामचन्द्र पौडेल अर्काे महाधिबेशनमा पनि आकांक्षी बन्ने निश्चित छ । तर कोइराला परिवार भने भावी सभापतिका लागि तयारी थालेको छ ।
भावी सभापतिका लागि डा. शेखर कोइराला र सुजाता कोइरालाले महामन्त्री शशांक कोइरालालाई अघि सार्ने निर्णय गरिसकेका छन् । देउवाले आफुपछि निधिलाई सार्ने निश्चित भएपछि कोइराला परिवारले निधिबिरुद्ध संगठित हुन थालेको कांग्रेसभित्र चर्चा चुलिएको छ ।
कोइराला परिवारको यो निर्णयबाट नेता रामचन्द्र पौडेल भने असन्तुष्ट देखिएका छन् । सभापति देउवाको स्वच्छाचारी ब्यवहारको सामना गर्नुपर्ने बेला भावी नेतृत्वको बिषयमा निर्णय लिएर कोइराला परिवारले गल्ति गरेको पौडेलले आफु निकटका ब्यक्तिहरुसँग बताउने गरेका छन् ।
मिलेन्द्र निधिलाई कार्यबहाक दिने देउवाको कार्यशैलीप्रति खुमबहादुर खड्का पनि असन्तुष्ट बनेका छन् । महाधिबेशन भएको दुई महिनामै देउवासँग असन्तुष्ट भएका खड्का निधिलाई कार्यबहाक दिने शैलीबाट थप असन्तुष्ट बनेको स्रोतले बताएको छ ।
कोइराला परिवारले भने भावी सभापतिका लागि योजना बनाउन थालिसकेको छ । कोइराला परिवारका तीन सदस्यहरु कार्यकर्तासँग दैनिक भेटघाट थालेका छन् । डा. शेखर कोइरालाले भने देउवा भारतमै भएका बेला तेस्रो गुटका नेता कृष्णप्रसाद सिटौलासँग भेट गरेका छन् ।
माओवादीसँग मिलेर सत्ता र चुनावको साझेदारी गर्ने निधिको लाइन पार्टीभित्र हावी भएको छ । कोइराला परिवारले त्यही लाइनबिरुद्ध उत्रिने योजना बनाउँदै गरेको स्रोतले बताएको छ । केही समयअघि महामन्त्री शशांक कोइरालाले ‘इतिहाँसमा जतिजति बेला कम्यूनिष्टहरुसँग सहकार्य गरयो, त्यतित्यति बेला कांग्रेस कमजोर भएको छ’ भन्ने अभिब्यक्ति दिएका थिए । – एस काठमाडौँ 
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: