×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

पशुपतिशमशेरलाई थापा नेतृत्वको पार्टीमा फर्कन कोमल ओलीको आग्रह

  • अर्थ सरोकार सम्बाददाता  

काठमाडौँ – कमल थापाले गरेका नेतृत्व पार्टी राप्रपाबाट फ़ुटाएर नेता पशुपतिसमशेर राणा गएका थिए । पशुपतिसमशेर राणा निर्वाचन आयोगका अनुमति नदिएका कारण आफ्नो पार्टीलाई अघि बढाउन पाएका छैनन् । राणाको खराब समय चलिरहेकै क्रममा राप्रपा केन्द्रिय सदस्य एबम सन्चारकर्मी तथा गायिका कोमल ओलीले पार्टी फ़ुटाएर गएका नेता राणालाई झिनामसिना कुरा भुलेर आफ्नै पार्टीमा फर्कन आग्रह गरेकी छिन्  ।
गत आइतबार राणाले प्रत्यक्ष निर्वाचित १९ सांसद सहित ७० केन्द्रिय सदस्य लिएर राप्रपा प्रजातान्त्रिक गठन गरेका थिए।  फेसबुक स्ट्याटस लेख्दै ओलीले आफ्नै मूलघरमा फर्कन आग्रह गरेकी हुन् । कान्तिपुर   टेलिभिजनमा राणाले अन्तर्वार्ता दिंदै गरेको फोटो फेसबुकमा राखेर ओलीले सिंहदरबारमा बाल्यकाल बिताएका र अक्सफोर्ड युनिभर्सिटीका विद्याथी,अत्यनै शालीन व्यक्ति पार्टीलाई अत्यावश्यक रहेको सुझाउदै स्टाटस लेखिकी थिइन् ।
पार्टी विभाजनपछि नायिका रेखा थापा राप्रपा प्रजातान्त्रिकतिर लागेपनि रेडियो नेपालको सरकारी जागिर छोडेर राजनीतिमा सक्रिय भएकी कोमल वली भने राप्रपामै रहेकी छिन् । पार्टी विभाजनपछि अत्यन्तै चिन्तित देखिएकी ओलीले राणालाई पार्टीको सक्षम अभिभावक रहेको र राणाको अभिभावकत्व आवश्यक पार्टीलाई भएको ब्यक्त गर्दै कोमलले थापाको राप्रपामा नै फर्कन आग्रह गरेकी हुन् ।

  

Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: