एकाविहानै उत्तर कोरियाले मिसाइल प्रहार गरेपछि त्यसको बदला लिने तयारीमा जापान
Powered by Blogger.
एकाविहानै उत्तर कोरियाले मिसाइल प्रहार गरेपछि त्यसको बदला लिने तयारीमा जापान



काठमाडौं - तीनओटा क्षेप्यास्त्र एकै साथ परीक्षण एक हप्ता नवित्दै उत्तर कोरियाले फेरि लामो दुरीको मिसाइल परीक्षण गरेको छ ।

उत्तर कोरियाले जापानतिर प्रहार गरेको मिसाइल समुन्द्रमा खसेको बीबीसीले जनाएको छ । स्थानीय समय अनुसार मंगलबार बिहान उत्तर कोरियाले जापानको जमिनमाथिबाट जाने गरी मिसाइल प्रहार गरेको हो ।

सुरक्षा चुनौतीका कारण जापानले मिसाइल ध्वस्त पार्नका लागि केही प्रयास नगरेको बिबिसीले जनाएको छ । मिसाइल समुद्रमा खस्नुअघि तीन टुक्रा भएको बताइएको छ ।

उत्तर कोरियाले पछिल्लो ८ वर्षमा धेरै प्रकारका धेरै मिसाइल परीक्षण गरेको छ । तर, जापनको अाकाश माथिबाट जाने गरी मिसाइल परीक्षण गरेको यो पहिलो पटक हो ।

गएको शुक्रबार र शनिबार उत्तर कोरियाले पूर्वी तटीय क्षेत्रबाट तीनवटा छोटो दूरीका मिसाइल परीक्षण गरेको थियो ।

जापानको सार्वजनिक प्रशारण संस्था एनएचकेले भने अहिलेसम्म क्षति भएको केही जानकारी नआएको बताएको छ । उत्तर कोरियालाई जापानले आवश्यक जवाफ दिने जापानको मन्त्रिपरिषदका सचिवले बताएका छन् ।


Published Date : Tuesday, August 29, 2017

हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्


Loading...