ललितपुरमा माओवादी केन्द्रका उम्मेदवार महर्जन विजयी


  • अर्थ सरोकार सम्बाददाता 

ललितपुर - आज भएको ललितपुर जिल्ला समन्वय समितिको निर्वाचनमा नेकपा माओवादी केन्द्रका उम्मेदवार दिनेश महर्जन उपप्रमुखमा विजयी भएका छन् । उक्त समितिको प्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार अम्बरबहादुर खड्का निर्विरोध भएका हुन् ।

सोहीअनुसार सदस्यहरुमा मुख्य निर्वाचन अधिकृत बालकृष्ण दवाडीका भने - काँग्रेसका उमा बर्जाचार्य (श्रेष्ठ), बेली डंगोल, ज्ञानकुमार नगरकोटी, जयराम तिमल्सिना र लेखाराम महर्जन, तथा माओवादी केन्द्रका तर्फबाट निशा गुरुङ र सुमित्रा लाम नेपाली विजयी बन्नुभएको बताएका छन्। 
प्रकाशित : Friday, August 04, 2017
,

recent

Popular Posts