लक्ष्मी बैंकले गर्यो कमालको प्रगति, खुद नाफा ४८.०५% ले वृद्धि
Powered by Blogger.
लक्ष्मी बैंकले गर्यो कमालको प्रगति, खुद नाफा ४८.०५% ले वृद्धि

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं - आर्थिक वर्ष २०७३/७४ को चौथो त्रैमासमा लक्ष्मी बैंकले ४८.०५% ले खुद नाफा बढाएको छ । बैंकको खुद नाफा चौथो त्रैमाससम्म आइपुग्दा १ अर्ब २४ लाख ७७ हजार रुपैयाँ पुगेको हो । अघिल्लो वर्ष यही अवधिमा बैंकको खुद नाफा ६७ करोड ७१ लाख २७ हजार रुपैयाँमात्र थियो । लक्ष्मीले खुद ब्याज आम्दानी पनि २६.५८% ले बढाएर १ अर्ब ६५ करोड ४६ लाख २७ हजार रुपैयाँ पुर्याएको छ । अघिल्लो वर्ष खुद ब्याज आम्दानी १ अर्ब ३० करोड ७१ लाख ४४ हजार रुपैयाँ थियो । बैंकको निक्षेप संकलन २३.१८% ले बढेर ५९ अर्ब ३२ करोड ४ लाख ४ हजार रुपैयाँ पुगेको छ भने कर्जा लगानी ३०.६६% ले बढेर ५२ अर्ब ७३ करोड ३३ लाख ३६ हजार रुपैयाँ पुगेको छ । लक्ष्मीले ४ करोड ९० लाख ८४ हजार रुपैयाँ राइट ब्याक गर्न पनि सफल भएको छ । बैंकले सम्भावित जोखिमका लागि ९ करोड ७४ लाख ७६ हजार रुपैयाँ छुट्याएको छ । बैंकको खराब कर्जा ०.८०% बाट बढेर ०.९३% पुगेको छ । कस्ट अफ फन्ड भने बढेर ७.४०% पुगेको छ ।

गत वर्ष यही अवधिमा बैकको कस्ट अफ फन्ड ४.१०% मात्र थियो । इक्विटीमा प्रतिफल १२.८९% बाट घटेर ११.६९% मा आएको छ । लक्ष्मीको चुक्ता पुँजी ७ अर्ब ४७ करोड २४ लाख १२ हजार रुपैयाँ पुगेको छ । यो अघिल्लो आर्थिक वर्षको तुलनामा १४५.८६% बढेको हो । अघिल्ले वर्र्ष यही अवधिमा बैंकको चुक्ता पुँजी ३ अर्ब ३ करोड ९२ लाख २९ हजार रुपैयाँमात्र थियो । बैंकको रिजर्भ कोषमा २ अर्ब १८ करोड २७ लाख ५९ हजार रुपैयाँ छ । अघिल्लो वर्षसँग तुलना गर्दा रिजर्भ कोषमा १६.३७% गिरावट आएको हो । लक्ष्मीको प्रतिसेयर आम्दानी २५ रुपैयाँ ४३ पैसा छ भने प्रतिसेयर नेटवर्थ १२९ रुपैयाँ २१ पैसा छ । तर खुद नाफालाई सेयर संख्याले भाग गर्दा भने प्रतिसेयर आम्दानी १३ रुपैयाँ ४१ पैसामात्र देखिन्छ । यता, राष्ट्र बैंकले तोके अनुसारको चुक्ता पुँजी पुर्याउन लक्ष्मीले गत वैशाख ३ देखि जेठ ७ गतेसम्म १००% हकप्रद सेयर बिक्री गरेको थियो ।


प्रकाशित मिति : Monday, August 7, 2017

अर्थ सरोकार डटकमको लिखित अनुमति विना कुनै पनि समाचार स्रोत खुलाएरै भएपनि साभार गर्न पाइने छैन । अन्य जानकारीका लागि हाम्रो User Guidelines हेर्नुहोला ।

हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्

,

Loading...