लुम्बिनी विकास बैंकको खुद नाफा १७.२८% वद्धि
Powered by Blogger.
लुम्बिनी विकास बैंकको खुद नाफा १७.२८% वद्धि

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं - आर्थिक वर्ष २०७३/७४ को चौथौ त्रैमासमा लुम्बिनी विकास बैंकले ३७ करोड ६९ लाख ४९ हजार रुपैयाँ खुद नाफा गरेको छ । भिबोर सोसाइटी डेभलपमेन्ट बैंक र लुम्बिनी लिजिङ एन्ड फाइनान्स मर्ज भएर बनेको लुम्बिनी विकास बैंकले अघिल्लो आर्थिक वर्षको तुलनामा १७.२८% खुद नाफा वृद्धि गरेको हो । अघिल्लो आवमा बैंकको खुद नाफा ३२ करोड १३ लाख ९९ हजार रुपैयाँ थियो । लुम्बिनीको खुद ब्याज आम्दानी ५८.२५% बढेको छ । चौथो त्रैमासमा ८० करोड २७ लाख ९२ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको लुम्बिनीले अघिल्लो वर्ष भने ५० करोड ७२ लाख ६७ हजार रुपैयाँ मात्र खुद ब्याज आम्दानी गरेको थियो । बैंकले १७ अर्ब ९२ करोड ८० लाख ४५ हजार रुपैयाँ निक्षेप संकलन गरेको छ । यो अघिल्लो बर्षको तुलनामा २७.४४% बढी हो । अघिल्लो आवमा बैंकको खुद ब्याज आम्दानी १४ अर्ब ६ करोड ७४ लाख २९ हजार रुपैयाँ थियो । यता, कर्जा लगानी पनि ३७.०५% वृद्धि गरी १५ अर्ब ६३ करोड ९५ लाख ८४ हजार रुपैयाँ पुर्याएको छ ।

बैंकको खराब कर्जा बढेर २.७३% मा पुगेको छ । अघिल्लो वर्ष खराब कर्जा १.३९% मात्र थियो । कस्ट अफ फन्ड पनि ५.७६% बाट बढेर ८.४६ % पुगेको छ । बैंकको रिजर्भ कोषमा ९४ करोड ९२ लाख ५७ हजार रुपैयाँ जम्मा भएको छ । बैंकको रिजर्भ कोष अघिल्लो वर्ष ३२ लाख ५७ हजार रुपैयाँ ऋणात्मक थियो । लुम्बिनीको चुक्ता पुँजी २ अर्ब ८८ लाख ७८ हजार रुपैयाँ पुगेको छ । यो अघिल्लो आवको तुलनामा १०.६८% ले बढी हो । अघिल्लो वर्ष बैंकको चुक्ता पुँजी १ अर्ब ८१ करोड ५० लाख ४ हजार रुपैयाँ थियो । लुम्बिनीको प्रतिसेयर आम्दानी (वार्षिक) १८ रुपैयाँ ३६ पैसा छ भने प्रतिसेयर नेटवर्थ १४७ रुपैयाँ २५ पैसा छ । अघिल्लो वर्षको तुलनामा प्रतिसेयर आम्दानी घटेको छ भने प्रतिसेयर नेटवर्थ बढेको छ । अघिल्लो वर्ष प्रतिसेयर आम्दानी र प्रतिसेयर नेटवर्थ क्रमशः २२ रुपैयाँ २७ पैसा र १०४ रुपैयाँ ४६ पैसा थियो ।


Published Date : Monday, August 7, 2017

हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्

,

Loading...