महुली सामुदायिक लघुवित्तको कारोबार आजदेखि सुरु
Powered by Blogger.
महुली सामुदायिक लघुवित्तको कारोबार आजदेखि सुरु

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं - महुली सामुदायिक लघुवित्त वित्तीय संस्थाको सेयर कारोबार सोमबारदेखि सुरु भएको छ । नेप्सेले महुलीको पहिलो कारोबारका लागि ५४२ देखि १ हजार ६२६ रुपैयाँ ओपन रेन्ज दिएको छ । महुलीको पहिलो कारोबार ५४२ देखि १ हजार ६२६ रुपैयाँको बिचमा हुनेछ भने यसमा १०% तलमाथि भएर दिनभर कारोबार सञ्चालन हुन पाउनेछ । 

महुलीले कारोबारका लागि ‘एमएसएलबी’ संकेत पाएको छ । महुलीले वैशाख ७ देखि ११ गतेसम्म १ लाख २० हजार कित्ता आइपीओ बिक्री गरेको थियो । यसमा गोलाप्रथाबाट १० हजार ९२० जनाले १० कित्ताको दरले सेयर पाएका थिए । गत आर्थिक वर्षको चौथो त्रैमासमा कम्पनीले ४ करोड ३१ लख ६९ हजार रुपैयाँ खुद नाफा कमाएको छ । महुलीको प्रतिसेयर आम्दानी १०७ रुपैयाँ ९२ पैसा र प्रतिसेयर नेटवर्थ ४४६ रुपैयाँ १५ पैसा छ ।


Published Date : Monday, August 21, 2017

हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्

,

Loading...