भदौ २७ देखि खुल्दैछ मेगा बैंकको ६५% हकप्रद
Powered by Blogger.
भदौ २७ देखि खुल्दैछ मेगा बैंकको ६५% हकप्रद

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं - मेगा बैंकलाई नेपाल राष्ट्र बैंकले तोकेको चुक्ता पुँजी ८ अर्ब पुर्याउने मिसन पुरा गर्न भदौ २७ गतेदेखि ६५% हकप्रद सेयर बिक्री खुला गर्ने भएको छ । मेगाले १०ः६.५ अनुपातमा २ करोड ९७ लाख ८५ हजार ३४.६३ कित्ता हकप्रद सेयर बिक्री गर्न लागेको हो । बैंकले हकप्रद भर्ने अन्तिम म्याद असोज ३० गते तोकेको छ । यो हकप्रदमा माघ ६ गतेसम्म कायम रहेका सेयरधनीले मात्र आवेदन दिन सक्नेछन् । मेगा र टुरिजम डेभलपमेन्ट बैंक मर्ज हुने सैद्धान्तिक सहमति भएपछि माघ ९ गतेदेखि बैंकको सेयर कारोबार रोक्का छ । 

लगानीकर्ताले नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड नक्साल काठमाडौं र मेगा बैंकको केन्द्रीय कार्यालय राइजिङ मल काठमाडौं तथा यसका अधिकांस शाखा कार्यालयबाट हकप्रदका लागि आवेदन दिन सक्नेछन् । नबिल इन्भेष्टमेन्ट बैंकिङबाट भने चेकमात्र बुझ्ने व्यवस्था गरिएको छ । मेगाको बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ हो । 

हाल मेगाको चुक्ता पुँजी ४ अर्ब ५८ करोड २३ लाख १३ हजार रुपैयाँ रहेको छ । हकप्रद निष्कासनपछि बैंकको चुक्ता पुँजी ७ अर्ब ५६ करोड ८ लाख १६ हजार ४८१. ८१ रुपैयाँ हुनेछ । गत आर्थिक वर्षको चौथो त्रैमासमा बैंकले ७९ करोड १४ लाख १३ हजार रुपैयाँ खुद नाफा कमाएको छ । मेगाको प्रतिसेयर आम्दानी १७ रुपैयाँ १७ पैसा र प्रतिसेयर नेटवर्थ १२७ रुपैयाँ ९७ पैसा छ ।


Published Date : Friday, August 25, 2017

हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्

,

Loading...