×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

वाणिज्यमन्त्रीलाई नेपालीको भन्दा विहारीको चिन्ताः बाँधका ढोका खोल्नु हुँदैन, विहार डुब्छ

भक्तपुर – बाणिज्य मन्त्री मीन बिश्वकर्माले विहार डुबानमा पर्ने भएका कारण कोशी ब्यारेजका ढोका खोल्न नहुने बताएका छन् ।
नेपाल-भारत सीमाका सबै बाँधका ढोका खोल्न चौतर्फी माग भइरहेका बेला सरकारका मन्त्रीले नै यसो भनेपछि चर्को अालोचना सुरु भएको छ ।
अाइतबार रफत सञ्चार क्लबको कार्यक्रममा बोल्दै मन्त्री बिश्वकर्माले कोशी ब्यारेजका सबै ढोका खुल्दा भारतको बिहार डुवानमा पर्ने भएका कारण सोचेर मात्र काम गर्नु पर्नेमा बताए । उनले बाँधका केही ढोका खोलिएको बताउँदै सरकारले गरेको कुटनीतिक पहल सफल भएको दाबी समेत गरे ।
लगातार बर्षाका कारण पहाड र तराई प्राकृतिक प्रकोपको चपेटामा परेको अवस्थाका कारण तेस्रो चरणको निर्वाचनलाई प्रभाव पार्न सक्ने अवस्था श्रृजना भएता पनि सरकारले बिभिन्न चुनौतिका माझ निर्वाचन सम्पन्न गर्ने मन्त्री विश्वकर्माले बताए ।
अर्को प्रसंगमा मन्त्री विश्वकर्माले लगातार बर्षाका कारण पहाड र तराई प्राकृतिक प्रकोपको चपेटामा परेको अवस्थाका कारण तेस्रो चरणको निर्वाचनलाई प्रभाव पार्न सक्ने अवस्था श्रृजना भएता पनि सरकारले बिभिन्न चुनौतिका माझ निर्वाचन सम्पन्न गर्ने उनले बताए ।
माघ ७ सम्म सम्पूर्ण निर्वाचन सम्पन्न नगरिए देशमा संबैधानिक संकटको अवस्था देखिने भन्दै उनले सरकारले हचुवाको भरमा संसद र प्रदेशको निर्वाचन मिति घोषणा नगर्ने र निर्वाचन आयोगले निर्वाचन गर्न सक्ने अवस्थामा मात्र निर्वाचन मिति घोषणा गरिने बताए।
‘संसद र प्रदेशको निर्वाचन एकै पटक गर्दा चार गुणा बढी जनशक्तिका साथै भौतिक साधनको आवश्यकता पर्ने भएको तर्फ निर्वाचन आयोगले निर्णय दिन नसकेको र सरकारले कसरी एकै पटक दुवै निर्वाचन गर्न सकिन्छ भनि निर्वाचन आयोगसँग गरेको परामर्शमा निर्वाचन आयोगले कुनै निर्णय गर्न नसक्दा अन्यौलता बढेको छ ।’
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: