पुन:विस्तार भयो मन्त्रीपरिषद, माओवादी केन्द्रबाट बने ८ राज्यमन्त्री
Powered by Blogger.
पुन:विस्तार भयो मन्त्रीपरिषद, माओवादी केन्द्रबाट बने ८ राज्यमन्त्री

नेकपा माओवादी केन्द्रले वर्तमान सरकारमा ८ जना राज्यमन्त्री थप गराएको छ। प्रधानमन्त्री शेरबहादुर देउवाले आजै सपथ ग्रहण गराउने गरी माओवादीका तर्फबाट मन्त्रीमण्डल विस्तार भएको हो।

थपिएका नयाँ राज्य मन्त्रीहरुमा श्यामकुमार श्रेष्ठ गृह राज्यमन्त्री,रामसिंह यादव परराष्ट्र र जाकिर हुसेनलाई उर्जा राज्यमन्त्री सिफारिस भएका छन्।स्तै सम्भुलाल श्रेष्ठलाई स्वास्थ्य, कर्णबहादुर विकलाई आपूर्ति, छमबहादुर गुरुङलाई सहरी विकास, गोमा कुँवरलाई पशुपक्षी र वाङ्दी शेर्पालाई सामान्य प्रशासन राज्यमन्त्री सिफारिस गरिएको माओवादी स्रोतले बताएको छ ।

सत्तारुढ नेपाली कांग्रेस र फोरम लोकतान्त्रिकले पनि केही दिनमा थप राज्यमन्त्री पठाएर अझै विस्तार गर्ने तयारी भईरहेको छ । - एस काठमाडौँ 

प्रकाशित मिति : Sunday, August 20, 2017

अर्थ सरोकार डटकमको लिखित अनुमति विना कुनै पनि समाचार स्रोत खुलाएरै भएपनि साभार गर्न पाइने छैन । अन्य जानकारीका लागि हाम्रो User Guidelines हेर्नुहोला ।

हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्

,

Loading...