मिर्मिरेको १ हजार ९४० कित्ता सेयर लिलामी खुला
Powered by Blogger.
मिर्मिरेको १ हजार ९४० कित्ता सेयर लिलामी खुला

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं - मिर्मिरे माईक्रोफाइनान्स डेभलपमेन्ट बैंकले मंगलबार (आज) देखि सर्वसाधारण समूहको १ हजार ९४० कित्ता सेयर लिलामीमा ल्याएको छ । लगानीकर्ताले यो सेयरमा न्यूनतम १०० रुपैयाँलाई आधार मानेर त्यसभन्दा बढी भाउ तोकी निवेदन दिनुपर्नेछ । यसमा आवेदन दिने अन्तिम म्याद भने भदौं १४ गते तोकिएको छ । हाल मिर्मिरेको बजार मूल्य ३ हजार १७६ रुपैयाँ छ । यसअघि मिर्मिरेले असार ५ गतेदेखि साउन ८ गतेसम्म १ लाख ५० हजार (५०%) कित्ता सेयर बिक्री खुला गरेको थियो । यो अवधिमा आवश्यकता अनुसार हकप्रद सेयर नबिकेपछि कम्पनीले बाँकी रहेको सेयर लिलामीमा ल्याएको हो । 

यसमा प्रभु क्यापिटल लिमिटेड, कमलादी काठमाडौं पुग्ने गरी आवेदन फारम बुझाउनु पर्नेछ । बोलपत्र भदौ १६ गते बिहान ११ बजे प्रभु क्यापिटल लिमिटेड, काठमाडौंमा खोलिनेछ । मिर्मिरेको बिक्री प्रबन्धकको काम प्रभु क्यापिटलले गर्दैछ । हाल कम्पनीको चुक्ता पुँजी ३ करोड रुपैयाँ छ । गत आर्थिक वर्षको चौथो त्रैमासमा कम्पनीले १ करोड ५४ लाख ७५ हजार रुपैयाँ खुद नाफा कमाएको छ । मिर्मिरेको प्रतिसेयर आम्दानी ५१ रुपैयाँ ५९ पैसा (वार्षिक) र प्रतिसेयर नेटवर्थ २३० रुपैयाँ ६८ पैसा छ ।

प्रकाशित मिति : Tuesday, August 22, 2017

अर्थ सरोकार डटकमको लिखित अनुमति विना कुनै पनि समाचार स्रोत खुलाएरै भएपनि साभार गर्न पाइने छैन । अन्य जानकारीका लागि हाम्रो User Guidelines हेर्नुहोला ।

हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्

,

Loading...