मिर्मिरे माइक्रोफाइनान्सको खुद नाफा ३३.४६% वृद्धि


  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं - आर्थिक वर्ष २०७३/७४ को चौथो त्रैमासमा मिर्मिरे माइक्रोफाइनान्सले १ करोड ५४ लाख ७५ हजार रुपैयाँ खुद नाफा कमाउन सफल भएको छ ।  अघिल्लो आर्थिक वर्षको तुलनामा मिर्मिरेले ३३.४६% ले खुद नाफा वृद्धि गरेको हो । मिर्मिरेको अघिल्लो आर्थिक वर्षको यही अवधिमा खुद नाफा १ करोड १५ लाख ९५ हजार रुपैयाँ मात्र थियो । यसले खुद ब्याज आम्दानी पनि ६९.०२% ले वृद्धि गरेर ६ करोड ५६ लाख ८२ हजार रुपैयाँ पुर्याएको छ । यता, निक्षेप संकलन १३७.२४% ले बढेर २० करोड ३३ लाख ११ हजार रुपैयाँ पुगेको छ । मिर्मिरे ८२ करोड ५६ लाख ८७ हजार रुपैयाँ कर्जा लगानी गर्न सफल भएको छ ।

मिर्मिरेको खराब कर्जा अनुपात जम्मा १% मा सीमित छ । अघिल्लो वर्ष खराब कर्जा १.४४% थियो । कस्ट अफ फन्ड भने ५.७५% बाट बढेर ११.०८% मा पुगेको छ । गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा मिर्मिरेको चुक्ता पुँजी ३ करोड रुपैयाँ छ । माइक्रोफाइनान्सले हालैमात्र ५०% हकप्रद बिक्री गरी गरेको छ । हकप्रदपछि चुक्ता पुँजी ४ करोड ५० लाख रुपैयाँ पुग्नेछ । यसको रिजर्भ कोषमा भने ३ करोड ९२ लाख रुपैयाँ छ । मिर्मिरेको प्रतिसेयर आम्दानी ५१ रुपैयाँ ५९ पैसा र प्रतिसेयर नेटवर्थ २३० रुपैयाँ ६८ पैसा छ ।
प्रकाशित : Tuesday, August 01, 2017

recent

Popular Posts