मुक्तिनाथले हकप्रद बिक्री गर्न बुक क्लोज गर्दै, भदौ ४ देखि खुल्ने
Powered by Blogger.
मुक्तिनाथले हकप्रद बिक्री गर्न बुक क्लोज गर्दै, भदौ ४ देखि खुल्ने

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं - मुक्तिनाथ विकास बैंकको ४०% हकप्रद सुरक्षित गर्ने बिहीबार अन्तिम दिन हो । बैंकले १०ः४ अनुपातमा प्रतिकित्ता १०० रुपौयाँ दरको ६१ लाख ७० हजार ८६५.०४ कित्ता हकप्रद बिक्री गर्न शुक्रबार बुक क्लोज गर्दैछ । प्राप्त जानकारी अनुसार बुक क्लोज हुनुभन्दा अघिल्लो दिनसम्म कायम सेयरधनीले मात्र हकप्रद भर्न पाउने हुँदा बिहीबार नै बैंकको सेयर किनिसक्नुपर्नेछ । मुक्तिनाथले भदौ ४ गतेदेखि असोज ८ गतेसम्म हकप्रद बिक्री गर्न लागेको हो । 

यसमा एनआइबीएल क्यापिटलले बिक्री प्रबन्धकको काम गरेको छ । लगानीकर्ताले बिक्री प्रबन्धकको कार्यालय लाजिम्पाट काठमाडौं तथा नेपाल इन्भेष्टमेन्ट बैंकको विराटनगर, नेपालगंज र धनगढी शाखाबाट आवेदन दिन सक्नेछन् । यसैगरी, मुक्तिनाथको रजिष्टर्ड कार्यालय कमलादी र यसका सम्पूर्ण शाखा कार्यालयबाट पनि हकप्रदका लगि आवेदन दिन सकिनेछ । 


Published Date : Thursday, August 3, 2017

हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्

,

Loading...