मुक्तिनाथको ४०% हकप्रद भदौ ४ देखि खुल्दै, आवेदन दिन कहाँ जाने ?
Powered by Blogger.
मुक्तिनाथको ४०% हकप्रद भदौ ४ देखि खुल्दै, आवेदन दिन कहाँ जाने ?

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौं - मुक्तिनाथ विकास बैंकको ४०% हकप्रद भदौ ४ गतेदेखि खुल्ने भएको छ । मुक्तिनाथले १०ः४ अनुपातमा ६१ लाख ७० हजार ८६५.०४ कित्ता हकप्रद बिक्री गर्न लागेको हो । बैंकले प्रतिकित्ता १०० रूपैयाको दरले हकप्रद बिक्री गर्न लागेको हो । बिहीबारसम्म बैंकको सेयर किन्नेले पनि हकप्रद भर्न पाउनेछन् । हकप्रद भर्ने अन्तिम म्याद भने असोज ८ गते तोकिएको छ । हाल मुक्तिनाथको चुक्ता पुँजी १ अर्ब ५४ करोड २७ लाख १६ हजार २६० रुपैयाँ छ । हकप्रद बिक्रीपछि बैंकको चुक्ता पुँजी २ अर्ब १५ करोड ९८ लाख २ हजार ७६४ रुपैयाँ पुग्नेछ ।

बैंकको हकप्रदमा एनआइबीएल क्यापिटलले बिक्री प्रबन्धकको काम गरेको छ । लगानीकर्ताले बिक्री प्रबन्धकको कार्यालय लाजिम्पाट काठमाडौं तथा नेपाल इन्भेष्टमेन्ट बैंकको विराटनगर, नेपालगन्ज र धनगढी शाखाबाट आवेदन दिन सक्नेछन् । यसैगरी, मुक्तिनाथको रजिष्टर्ड कार्यालय कमलादी र यसका सम्पूर्ण शाखा कार्यालयबाट पनि हकप्रदका लगि आवेदन दिन सकिनेछ । 


Published Date : Wednesday, August 2, 2017

हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्

,

Loading...