×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

कुमारी इक्विटी फण्डको इकाईमा आवेदन दिने म्याद थपियो, लगानीकर्ताहरुले अब २८ गतेसम्म आवेदन दिन पाउने !

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । कुमारी इक्विटी फण्डको इकाईमा आवेदन दिने म्याद थप भएको छ । अब कुमारी इक्विटी फण्डको इकाईमा फागुन २८ गतेसम्म आवेदन दिन सकिने भएको छ । यस फण्डले फागुन १४ गते प्रतिइकाई १० अंकित मूल्यको ८० करोड बराबरको ८ करोड इकाई विक्री खुला गरेको हो । यसमा छिटोमा मंगलबार (फागुन १८ गते) सम्म आवेदन दिन पाउने व्यवस्था गरिएको थियो । तर मंगलबारसम्म माग अनुसार आवेदन नपरेपछि ढिलोमा फागुन २८ गतेसम्म भर्न सकिने भएको हो ।
कुमारी क्यापिटलको व्यवस्थापनमा सञ्चालन हुने यस फण्डले कुल इकाईमध्य कोष प्रबर्धकको रुपमा रहेको कुमारी बैंकलाई १५ प्रतिशत दरको १ करोड २० लाख इकाई सुरक्षित राखी बाँकी ६ करोड ८० लाख कित्ता सार्वजनिक निष्कासनमा ल्याएको हो । कम्पनीले सञ्चालन गर्न लागेको यो सामूहिक लगानीकोष योजना बन्दमुखी योजना हो । इकाई बिक्री प्रबन्धकमा कुमारी क्यापिटल रहेको छ ।
इकाई खरिदका लागि बिक्री प्रबन्धकसँगै आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तीनका शाखा कार्यालयबाट आवेदन दिन सकिने व्यवस्था छ । साथै, मेरो शेयर सफ्टवेयर र मेरो शेयर मोवाइल एपबाट पनि आवेदन दिन सकिनेछ । आवेदन दिदाँ न्यूनतम १०० कित्तादेखि अधिकतम ८० लाख कित्तासम्म माग गर्न सकिनेछ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: