एनसीसी बैंकले खुद नाफा ८७.३०% वृद्धि गरेर पुग्यो १ अर्ब ३२ करोड
Powered by Blogger.
एनसीसी बैंकले खुद नाफा ८७.३०% वृद्धि गरेर पुग्यो १ अर्ब ३२ करोड

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं - अर्थिक वर्ष २०७३/७४ को चौथो त्रैमासमा नेपाल क्रेडिट एन्ड कमर्स  बैंकले १ अर्ब ३२ करोड ५८ लाख १७ हजार रुपैयाँ खुद नाफा कमाएको छ । बैंकले अघिल्लो वर्षको तुलनामा ८७.३०% ले खुद नाफा वृद्धि गरेको हो । अघिल्लो वर्ष बैंकको खुद नाफा ७० करोड ७८ लाख ४१ हजार रुपैयाँमा सीमित थियो । बैंकले १ अर्ब ३३ करोड ३२ लाख १७ हजार रुपैयाँ राइट ब्याक गर्दा प्रोभिजनमा पनि ८२ करोड १२ लाख ८३ हजार रुपैयाँ राखेको छ । यता, खुद ब्याज आम्दानी पनि ४४.७९% ले बढेर १ अर्ब ७२ करोड २१ लाख ८१ हजार रुपैयाँ पुगेको छ ।

एनसीसीले ५८ अर्ब ७९ करोड ५० लाख ९४ हजार रुपैयाँ निक्षेप संकलन गरी ४८ अर्ब १६ करोड ८८ लाख २० हजार रुपैयाँ कर्जा लगानी गरेको छ । अघिल्लो वर्षको तुलनामा निक्षेप ९३.६४% र कर्जा प्रवाह ९३.५२% ले वृद्धि भएको हो । बैंकको खराब कर्जा भने ह्वात्तै बढेको छ । खराब ०.९१% बाट बढेर ४.८०% पुगेको छ । कस्ट अफ फन्ड पनि ३.७१% बाट वृद्धि हुँदै ५.९९% पुगेको छ । एनसीसीको चुक्ता पुँजी ४ अर्ब ६७ करोड ९० लाख ५८ हजार रुपैयाँ पुगेको छ । रिजर्भ कोषमा पनि २ अर्ब ५६ करोड ४० हजार रुपैयाँ जम्मा भएको छ । अघिल्लो वर्षको तुलनामा चुक्ता पुँजी ९८.८४% र रिजर्भ कोष ९४.५७% धेरै हो । बैंकको प्रतिसेयर आम्दानी २८ रुपैयाँ ३४ पैसा र प्रतिसेयर नेटवर्थ १५४ रुपैयाँ ७१ पैसा छ ।

प्रकाशित मिति : Sunday, August 20, 2017

अर्थ सरोकार डटकमको लिखित अनुमति विना कुनै पनि समाचार स्रोत खुलाएरै भएपनि साभार गर्न पाइने छैन । अन्य जानकारीका लागि हाम्रो User Guidelines हेर्नुहोला ।

हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्

,

Loading...