×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

बाजुराको मार्तडीमा एनआइसी एशियाको शाखा

काठमाण्डौ । बाजुराको सदरमुकाम मार्तडीमा एनआइसी एशिया बैंकले आइतबारदेखि शाखा संचालन गरेको छ। बैंकले यूकेएडको सहकार्यक्रमा संचालित सक्षम कार्यक्रमसँगको सहकार्यमा शाखा संचालन गरेको हो । बैंकको अनुसार शाखा संचालन भएको तीन दिनमै १ करोड ५५ लाख रुपैयाँ निक्षेप संकलन भएको छ । 
एक कार्यक्रमका बीच नेपाल राष्ट्रबैंकका कार्यकारी निर्देशक नारायण पौडेलको आतिथ्यमा बैंक र सक्षमबीच शाखा संचालनसम्बन्धी सम्झौंतामा बुधवार हस्ताक्षर भएको बताइएको छ । पौडेलले विकट जिल्लामा निजी लगानीको बैंकले बैकिंग सेवा पुर्याएको भन्दै खुशी व्यक्त गरे । 
बैंकका अनुसार शाखा संचालनमा आएको पहिलो दिनमै ३१ वटा निक्षेप खाता खोली ९ लाख ५० हजार निक्षेप संकलन भएको थियो । बैंकले मार्तडीमा यो शाखासहित अरु तीनवटा शाखारहित बैंकिङ सेवा स्थापना गर्नेछ। बैंकले सन् २०२० सम्म तीनसय भन्दा बढी शाखा, एकहजार भन्दा बढी एटीएम र एकहजार भन्दा बढी शाखारहित बैंकिङ सेवा संचालनमा ल्याउने प्रमुख कार्यकारी अधिकृत लक्ष्मण रिसालले बताए।
सक्षमका नेपाल प्रमुख बलजित बोहोराले  सक्षमले नेपालको ग्रामीण भेगमा वित्तिय पहुँच पुर्याउन चाहेको प्रष्ट्याए । सक्षमसँगको सहकार्यमा पछिल्लो समय धेरै वाणिज्य बैंकहरुले दुुर्गम क्षेत्रमा शाखा बिस्तारलाई तीव्र पारिरहेका छन् । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: