एनएमबी बैंकले गर्यो कमालको प्रगति ! वित्तीय साक्षरतामा पनि उल्लेखनीय योगदान
Powered by Blogger.
एनएमबी बैंकले गर्यो कमालको प्रगति ! वित्तीय साक्षरतामा पनि उल्लेखनीय योगदान

  • अर्थ सरोकार सम्बाददाता 
काठमाण्डौ -  एनएमबी बैंकले पछिल्लो समय अब्बल प्रदर्शन गर्दै आफूलाई अगाडि बढाएको देखिएको छ । बैकिङ पहुँच बिस्तारदेखि सेवामा विविधता तथा वैदेशिक लगानी भित्र्याएर नेपालमा लगानी गर्न सकिन्छ भन्ने सन्देश अन्तराष्ट्रिय समुदायका लगानीकर्तालाई दिने सवालमा समेत यो बैंक निकै अगाडि देखिएको हो । 

बैंकले आर्थिक वर्ष २०७३/७४ मा एनएमबि समूूहले अघिल्लो आर्थिक वर्षभन्दा ३९.५ प्रतिशतले वृद्घि गरी रु. १ अर्ब ६१ करोड खुद मुनाफा गर्न सफल भएको छ । भने बैंकले  वित्तिय क्षेत्रमा देखिएको असहज बजार अवस्थामा पनि बैंकले हरेक त्रैमासिकमा लगातार समान वित्तिय प्रदर्शन गर्दै आएको देखिएको छ ।  बैंकले साना तथा मझौला ब्यबसाय वर्गलाई लक्षित गरी संचालन गरेको “Channel Financing Program” ले ब्यबसायको हरेक खण्डमा लगानी बिस्तार गर्दै वित्तिय सुबिधाहरु प्रदान गरेको छ।

बैंकले २०७३ साल फागुन महिनामा नवौं बार्षिक ग्लोबल एलायन्स फर बैकिंङ्ग अन् भ्यालुज (जिएबिभि) सम्मेलनको आयोजना नेपालमा गर्न सफल भएको छ । सम्मेलनको मूल नारा “Shifting the Financial Paradigm – Courage to Act Together” लाई आत्मसाथ गर्दै जिएबिभिका सदस्यहरुले मुनाफालाई मात्र जोड नदिई दिगो बैकिङ्ग प्रणाली अपनाई ग्राहक लगायत जनताहरुलाई सर्व सुलभ किसिमले वित्तिय प्रणालीको धारमा ल्याउनेतर्फ पहल गरेको बैंकको भनाई छ । 

बैंकले आ.ब २०७३/७४ को अन्तसम्ममा ८० शाखा, ४ एक्सटेन्सन काउन्टर र ६८ वटा एटिएम काउन्टर बिस्तार गरेको छ भने बैंकको दुईवटा सहायक कम्पनीहरु एनएमबि क्यापिटल तथा एनएमबि लघुवित्त वित्तिय संस्था रहेका छन् । बैंकले संचालन गरेको ‘एक घर एक खाता’ अभियानले बैकिङ्ग पहुँचबाट टाढा रहेका जनताहरुलाई वित्तीय साक्षरता मार्फत बैकिङ्ग प्रणालीमा समाबेश गराउन सफल भएको बैंक व्यवस्थापनको भनाइ छ।  

प्रकाशित मिति : Thursday, August 3, 2017

अर्थ सरोकार डटकमको लिखित अनुमति विना कुनै पनि समाचार स्रोत खुलाएरै भएपनि साभार गर्न पाइने छैन । अन्य जानकारीका लागि हाम्रो User Guidelines हेर्नुहोला ।

हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्

,

Loading...