नबिल बैंकको खुद नाफा २८.४३% वृद्धि हुँदा पुग्यो ३ अर्ब ६२ करोड माथि
Powered by Blogger.
नबिल बैंकको खुद नाफा २८.४३% वृद्धि हुँदा पुग्यो ३ अर्ब ६२ करोड माथि

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं - नबिल बैंकले अर्थिक वर्ष २०७३/७४ को चौथो त्रैमाससम्ममा ३ अर्ब ६२ करोड ८ लाख २२ हजार रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो आर्थिक वर्षको यही अवधिको तुलनामा २८.४३% ले खुद नाफा वृद्धि गरेको छ । अघिल्लो वर्ष बैंकको खुद नाफा २ अर्ब ८१ करोड ९३ लाख ३४ हजार रुपैयाँ खुद नाफा गरेको थियो । प्राप्त जानकारी अनुसार बैंकले खुद ब्याज आम्दानी पनि २६.२०% वृद्धि गरी ५ अर्ब ४५ करोड ९५ लाख रुपैयाँ पुर्याएको छ भने ४ करोड २९ लाख ६९ हजार रुपैयाँ राइट ब्याक गरेको छ । बैंकको संभावित जोखिमका लागि १ करोड ९३ लाख ५१ हजार रुपैयाँ छुट्याएको छ । चौथो त्रैमाससम्ममा बैंकको निक्षेप संकलन ७.८३% ले बढेर १ खर्ब १८ अर्ब ८९ करोड ६१ लाख रुपैयाँ पुगेको छ । यसैगरी, ९१ अर्ब ४९ करोड १२ लाख ५२ हजार रुपैयाँ कर्जा लगानी गर्न बैंक सफल भएको छ ।

कर्जा लगानी पनि अघिल्लो वर्षको तुलनामा १७.७०% ले वृद्धि भएको हो भने खराब कर्जालाई पनि १.१४% बाट घटाएर ०.७९% मा सीमित राखेको छ । तर कस्ट अफ फन्ड भने थोरैले बढेको छ । कस्ट अफ फन्ड २.०८% बाट २.७०% पुगेको छ । बैंकको इक्विटीमा प्रतिफल २५.६१% बाट बढेर २७.१३% पुगेको छ । नबिलको चुक्ता पुँजी भने जम्मा १९ लाख ६७ हजार रुपैयाँले वृद्धि भएको छ । आर्थिक वर्ष २०७३।७४ को अन्त्यसम्ममा बैंकको चुक्ता पुँजी ६ अर्ब १८ करोड ५५ लाख ७ रुपैयाँ छ । नबिलको प्रतिसेयर आम्दानी (वार्षिक) ५८ रुपैयाँ ५४ पैसा र प्रतिसेयर नेटवर्थ २४६ रुपैयाँ छ । अघिल्लो आर्थिक वर्षको यही अवधिमा प्रतिसेयर आम्दानी ५९ रुपैयाँ २७ पैसा र प्रतिसेयर नेटवर्थ २४४ रुपैयाँ थियो ।

प्रकाशित मिति : Thursday, August 3, 2017

अर्थ सरोकार डटकमको लिखित अनुमति विना कुनै पनि समाचार स्रोत खुलाएरै भएपनि साभार गर्न पाइने छैन । अन्य जानकारीका लागि हाम्रो User Guidelines हेर्नुहोला ।

हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्

,

Loading...