नबिल बैंकले दिने भयो बोनस सेयर र नगद लाभांश
Powered by Blogger.
नबिल बैंकले दिने भयो बोनस सेयर र नगद लाभांश

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं - नबिल बैंकले ३०% बोनस सेयर र १८% नगद लाभांश दिने भएको छ । बैंकको शुक्रबार बसेको सञ्चालक समिति बैठकले बोनस र नगद लाभांश दिने निर्णय गरेको छ । सञ्चालक समितिको निर्णयलाई आगामी वार्षिक साधारण सभा र राष्ट्र बैंकले अनुमोदन गरेपछिमात्र सेयरधनीले लाभां पाउनेछन् । 

नबिल बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा ३ अर्ब ६२ करोड ८ लाख २२ हजार रुपैयाँ खुद नाफा कमाएको छ । बैंकको चुक्ता पुँजी ६ अर्ब १८ करोड ५५ लाख रुपैयाँ छ । नबिलको प्रतिसेयर आम्दानी (वार्षिक) ५८ रुपैयाँ ५४ पैसा र प्रतिसेयर नेटवर्थ २४६ रुपैयाँ छ ।

प्रकाशित मिति : Sunday, August 27, 2017

अर्थ सरोकार डटकमको लिखित अनुमति विना कुनै पनि समाचार स्रोत खुलाएरै भएपनि साभार गर्न पाइने छैन । अन्य जानकारीका लागि हाम्रो User Guidelines हेर्नुहोला ।

हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्

,

Loading...