×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

न्यूयोर्कमा नैनसिंह महर नेतृत्वद्वारा युवा सम्मेलन हुदै

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ – संयुक्त राष्ट्रसङ्घको मुख्यालय न्यूयोर्कमा २०औँ युवा सम्मेलन हुदैछ । सम्मेलन बुधबार शुरु भएर चार दिनसम्म चल्ने भएको छ । नेपाल विद्यार्थी सङ्घका अध्यक्ष नैनसिंह महरको नेतृत्वमा नेपालको एक प्रतिनिधीमण्डलले सहभागिता जनाएका छन् । अध्यक्ष महरको नेतृत्वमा रहेको नेपाली प्रतिनिधिमण्डलमा महामन्त्री सरोज थापा र नेवि सङ्घका वैदेशिक विभागका सल्लाहकार डिवी सुनारले उक्त सम्मेलनमा भाग लिने भएका छन् । उक्त सम्मेलनमा सहस्राब्दी विकास लक्ष्यका बहुपक्षीय विषयमा छलफल हुने जानकारी दिएका छन् । 
महरले भने – हामीहरुले नेपालका तर्फवाट सहस्राब्दी विकास लक्ष्यमा युवाको सहभागिताको विषयमा समूहगत छलफलमा भाग लिएका छौँ । विश्वका एकसय चार देशका युवाको सहभागिता रहेको यस सम्मेलनमा गरिबी निवारण, शिक्षामा युवाको पहुँच, संस्थागत सुशासन लगायतका विषयमा छलफल हुने र त्यसमा नेपालका तर्फवाट पनि आफ्नो धारणा राखिने कार्यक्रम रहेको नेवि सङ्घका महामन्त्री सरोज थापाले जानकारी दिए ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: