एसबीआई बैंकको खुद नाफा १४.४१%ले बढेर पुग्यो १ अर्ब ५२ करोड
Powered by Blogger.
एसबीआई बैंकको खुद नाफा १४.४१%ले बढेर पुग्यो १ अर्ब ५२ करोड

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं - आर्थिक वर्ष २०७३/७४ चौथौ त्रैमासमा नेपाल एसबीआई बैंकले १४.४१% ले बढोत्तरी गरेर १ अर्ब ५२ करोड ३८ लाख ५६ हजार रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो वर्ष यही अवधिमा बैंकको खुद नाफा १ अर्ब ३३ करोड १८ लाख ८१ हजार रुपैयाँ मात्र थियो । बैंकले खुद ब्याज आम्दानी पनि २०.७२% ले वृद्धि गरेर २ अर्ब ९१ करोड ६८ लाख ८७ हजार रुपैयाँ पुर्याएको छ । अघिल्लो वर्ष एसबीआईको खुद ब्याज आम्दानी २ अर्ब ४१ करोड ६१ लाख ११ हजार रुपैयाँ थियो । यसैगरी, बैंकले २ करोड ८० लाख ३५ हजार रुपैयाँ राइट ब्याक गरेको छ भने १८ करोड ७९ लाख ७ हजार रुपैयाँ संभावित जोखिमका लागि छुट्याएको छ । एसबीआईले ८१ अर्ब ६६ करोड ४५ लाख ४८ हजार रुपैयाँ निक्षेप संकलन गरेको छ । बैंकले ६३ अर्ब २ करोड ५० लाख २३ हजार रुपैयाँ कर्जा लगानी गर्न सफल भएको छ ।

एसबीआईको खाराब कर्जा यो त्रैमासमा ०.१०% मा सीमित छ । अघिल्लो वर्ष बैंकको खराब कर्जा ०.१४% थियो । बैंकको कर्जा निक्षेप अनुपात ७५% छ । बैंकको कस्ट अफ फन्ड भने २.५५% बाट बढेर ३.५४% पुगेको छ । बैंकको इक्विटीमा प्रतिफल कम भएको छ । हाल बैंकको इक्विटीमा प्रतिफल (वार्षिक) २०.५४% छ । यो अघिल्लो वर्ष २२.१६% थियो । एसबीआई बैंकले चुक्ता पुँजी गत वर्षको तुलनामा ३९.२५% ले वृद्धि गरेको छ । अहिले बैंकको चुक्ता पुँजी ६ अर्ब ९२ करोड ४८ लाख ९३ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष बैंकको चुक्ता पुँजी ४ अर्ब ९७ करोड ३० लाख ७९ हजार रुपैयाँ थियो । चौथो त्रैमासमा बैंकको रिजर्भ कोषमा ३ अर्ब ५० करोड ९४ लाख ८५ हजार रुपैयाँ जम्मा भएको छ । रिजर्भ कोषमा ८०.२२% वृद्धि भएको हो । एसबीआईको प्रतिसेयर आम्दानी ३० रुपैयाँ ३२ पैसा र प्रतिसेयर नेटवर्थ १५० रुपैयाँ ६८ पैसा छ । अघिल्लो वर्ष प्रतिसेयर आम्दानी ३४ रुपैयाँ २९ पैसा थियो भने प्रतिसेयर नेटवर्थ १७९ रुपैयाँ ६७ पैसा थियो ।


Published Date : Friday, August 11, 2017

हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्

,

Loading...