×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

नेपाल सेवा लघुवित्तको तेश्रो त्रैमास : खुद नाफा घट्यो, अन्य सुचकको कस्तो छ अवस्था ? (विवरणसहित)

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । नेपाल सेवा लघुवित्त वित्तीय संस्थाको आर्थिक वर्ष २०७६/७७ को तेश्रो त्रैमासको वित्तीय विवरण सार्बजनिक गरेको छ । सार्वजनिक गरेको विवरण अनुसार संस्थाले १ लाख ६२ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा गत वर्षको सोहि अवधिको तुलनामा ८७.५९% ले कम हो । गत वर्षको यहि अवधिमा कम्पनीले १३ लाख ६ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।
यता, कम्पनीले खुद ब्याज आम्दानी भने ८.५१% ले बढाएर १ करोड ८६ लाख ९९ हजार रुपैयाँ पुर्याएको छ । गत वर्ष यसले १ करोड ७२ लाख ३२ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । कम्पनी चैतसम्म २ करोड ४ लाख १० हजार रुपैयाँ सञ्चालन नोक्सानमा रहेको छ । चैतसम्म १० करोड २० लाख रुपैयाँ निक्षेप संकलन गरेको नेपाल सेवाले ६२ करोड ८८ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ ।
हाल यसको चुक्ता पुँजी ६ करोड रुपैयाँ रहेको छ भने रिजर्भ कोषमा १६ लाख ४१ हजार रुपैयाँ छ । प्रकाशित विवरण अनुसार कम्पनीको खराब कर्जा भने २.७७% बाट घटेर १.७५% कायम भएको छ । यसको प्रतिसेयर आम्दानी (वार्षिक) ८१ पैसा र प्रतिसेयर नेटवर्थ १०२ रुपैयाँ ७४ पैसा रहेको विवरणमा उल्लेख छ ।

Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: