ओमको खुद नाफा ४३ करोड ३४ लाख पुग्दा रिजर्भ कोषमा १८३% वृद्धि
Powered by Blogger.
ओमको खुद नाफा ४३ करोड ३४ लाख पुग्दा रिजर्भ कोषमा १८३% वृद्धि

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं - आर्थिक वर्ष २०७३/७४ को चौथौ त्रैमासमा ओम डेभलपमेन्ट बैंकले ४६.१७% ले खुद नाफामा वृद्धि गरेको छ । अघिल्लो वर्ष यसै अवधिमा २९ करोड ६५ लाख ३० हजार नाफा गरेको ओमले यसपालि ४३ करोड ३४ लाख ३५ हजार रुपैयाँ खुद नाफा गरेको छ । ओमले खुद ब्याज आम्दानी पनि ९७.१०% ले बढाएर ८७ करोड ६६ लाख १७ हजार रुपैयाँ पुर्याएको छ । अघिल्लो वर्ष बैंकले ४४ करोड ४७ लाख ३८ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । बैंकले १६ अर्ब ६ करोड १४ लाख २९ हजार रुपैयाँ निक्षेप संकलन गरेको छ । यो भनेको अघिल्लो वर्षको तुलनामा ३५.४९% ले बढी हो । ओमले अघिल्लो वर्ष ११ अर्ब ८५ करोड ३८ लाख ३९ हजार रुपैयाँ निक्षेप संकलन गरेको थियो । कर्जा लगानी पनि ४१.६२% ले बढेर १४ अर्ब ५ करोड ९७ लाख ६४ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसै अवधिमा कर्जा लगानी ९ अर्ब ९२ करोड ७२ लाख ६४ हजार रुपैयाँ थियो ।

ओमले जगेडा कोषमा ७५ करोड ८६ लाख ५९ हजार रुपैयाँ राखेको छ । यो अघिल्लो वर्षको तुलनामा १८३.७८% ले बढी हो । अघिल्लो वर्ष बैंकको जगेडा कोषमा २६ करोड ७३ लाख ३८ हजार रुपैयाँ थियो । गत वर्षको चौथो त्रैमाससम्ममा बैंकको चुक्ता पुँजी १ अर्ब ६४ करोड ३९ लाख ४४ हजार रुपैयाँ पुगेको छ । बैंकको खराब कर्जा र कस्ट अफ फन्ड भने बढेको छ ।  बैंकको प्रतिसेयर आम्दानी (वार्षिक) भने घटेर २६.२७ रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यस अविधिमा प्रतिसेयर आम्दानी ३० रुपैयाँ ८३ पैसा थियो । बैंकको प्रतिसेयर नेटवर्थ १६० रुपैयाँ ४३ पैसा छ ।

प्रकाशित मिति : Tuesday, August 1, 2017

अर्थ सरोकार डटकमको लिखित अनुमति विना कुनै पनि समाचार स्रोत खुलाएरै भएपनि साभार गर्न पाइने छैन । अन्य जानकारीका लागि हाम्रो User Guidelines हेर्नुहोला ।

हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्

,

Loading...