नजाने भए भारतीय दूतावासको रात्रिभोजमा ओली र प्रचण्ड
Powered by Blogger.
नजाने भए भारतीय दूतावासको रात्रिभोजमा ओली र प्रचण्ड


काठमाडौं । भारतीय विदेशमन्त्री सुष्मा स्वराजको सम्मानमा भारतीय दूतावासले राखेको रात्रिकालिन भोजमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नजाने भएका छन् ।

भारतीय विदेशमन्त्री स्वराज बिमस्टेक सम्मेलनमा भाग लिन नेपाल आउने भएपछि भारतीय राजदूत मञ्जिव सिंहले एक साताअघि ओली र दाहाललाई निम्तो दिएका थिए । ओली निवास बालकोट र प्रचण्ड निवास लाजिम्पाट पुगेर राजदूत सिंहले निम्तो दिएपनि दुवै नेता सहभागि नहुँने भएका छन् ।

शुक्रवार साँझ भारतीय दूतावासले स्वराजको सम्मानमा रात्रिकालिन भोज राखेको छ । भोजमा प्रधानमन्त्री, पूर्वप्रधानमन्त्री, दलका नेताहरुलाई बोलाइएको छ । तर एमाले र माओवादीको दुई प्रमुख नेता भने अनुपस्थित रहने भएका छन् ।

ओली आज शुक्रवार नै पोखरा हुँदै मुस्ताङ जाने तयारीमा छन् । मुस्ताङमा तीन दिन बस्ने उनको योजना रहेको छ । ‘यो पहिले नै निर्धारण गरिएको कार्यक्रम हो’ ओली निकट स्रोतले भन्यो । उता दाहाल पनि आजै राजधानी बाहिर जान लागेका छन् । - एस काठमाडौँ 


Published Date : Friday, August 11, 2017

हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्

,

Loading...