×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

देउवा भारतबाट नफर्कंदै अचानक किन बैंकक जान लागे ओली ? यो हो कारण

काठमाडौँ – प्रत्येक ६/६ महिनाको अन्तरमा फलोअप उपचारका लागि थाइल्याण्डको बैंकक जाने गरेका एमाले अध्यक्ष केपी ओली यसपटक उक्त अवधिभन्दा दुई महिना अगाडि नै बैंकक जान लागेका छन् ।
ओली आज अपराह्न साढे १ बजे थाई एयरको विमानबाट बैंकक प्रस्थान गर्ने एमाले प्रचार विभागका उपप्रमुख सूर्य थापाले जानकारी दिए । थापाका अनुसार ओलीका साथमा पत्नि राधिका शाक्य र स्वकीय सचिव राजेश बज्राचार्य पनि बैंकक जान लागेका छन् ।
पछिल्लोपटक ओली गत जेठमा उपचारका लागि बैंकक गएका थिए । ओली मृगौला प्रत्यारोपण गरेयता निरन्तर फलोअप उपचारमा छन् । तर, ६ महिनामा जानुपर्नेमा यो पटक दुई महिना अगाडि नै थाइल्याण्ड जान लाग्नुको कारण खुलाइएको छैन ।
प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमणमा रहेका बेला ओलीको बैंकक यात्रालाई अर्थपूर्ण रुपमा हेरिएको छ । स्रोतका अनुसार ओलीले भारत र चीनका केही उच्च राजनीतिक नेतृत्वसँग भेट्ने छन् । यसअघि जेठमा पनि माओवादी अध्यक्ष प्रचण्ड र ओली केही समयको फरकमा बैंकक पुगेका थिए । दुवै पक्षले औपचारिक रुपमा केही नबताए पनि ययतिबेला समेत भारत र चिनियाँ नेतृत्वसँग भेटघाट भएको चर्चा चलेको थियो । अध्यक्ष ओली आगामी १५ भदौमा स्वदेश फर्कने एमालेले जनाएको छ । – काठमाडौँ टुडे 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: