छ्याङदी हाइड्रोपावरको सेयर कारोबार खुल्यो, हेर्नुस् कतिमा हुदैँछ कारोबार ?
Powered by Blogger.
छ्याङदी हाइड्रोपावरको सेयर कारोबार खुल्यो, हेर्नुस् कतिमा हुदैँछ कारोबार ?

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौं - नेप्सेमा छ्याङदी हाइड्रोपावरको सेयर कारोबार खुला भएको छ । छ्याङदीले ९८ रुपैयाँदेखि २९४ रुपैयाँसम्मको ओपन रेन्ज पाएको छ  यसआधारमा आज छ्याङदीको कारोबार न्यूनतम ९८ रुपैयाँदेखि अधिकतम २९४ रुपैयाँसम्ममा खुला भएको छ । 

छ्याङ्दी हाइड्रोपावरले दोस्रो बजार कारोबारका लागि  २७ लाख कित्ता साधारण सेयर गत बुधबार नेप्सेमा सूचीकृत गरिएको थियो र गत जेठ १४ देखि १८ गतेसम्म १०० रुपैयाँ दरको ५ लाख ४० हजार कित्ता आइपीओ बिक्री गरेको थियो । यसको बाँडफाँट असार १७ गते भएको हो । यसमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ३४ कित्तासम्म सेयर पाएका थिए । आइपीओ बिक्रीपछि कम्पनीको चुक्ता पुँजी २७ करोड रुपैयाँ पुगेको छ ।

प्रकाशित मिति : Thursday, August 3, 2017

अर्थ सरोकार डटकमको लिखित अनुमति विना कुनै पनि समाचार स्रोत खुलाएरै भएपनि साभार गर्न पाइने छैन । अन्य जानकारीका लागि हाम्रो User Guidelines हेर्नुहोला ।

हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्

,

Loading...