×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

ओरियन्टल होटल्सले पठायो १०.७९% नगद लाभांश सेयरधनीको खातामा

काठमाडौं – ओरियन्टल होटल्सले १०.७९% नगद लाभांश सेयरधनीको खातामा पठाउन थालेको छ । होटल्सले असोज २७ गतेसम्म डिम्याट खातासँग बैंक खाता अद्यावधिक गरेका सेयरधनीलाई नगद जम्मा गरिदिएको हो । यस्तै, असोज २७ गतेपछि बैंक खाता अद्यावधिक गर्नेहरुको पनि नगद खातामा पठाउने तयारी भएको ओरियन्टलले जनाएको छ ।
तर, अहिलेसम्म पनि डिम्याट खाता नखोलेका र बैंक खाता अद्यावधिक नगरेकाहरुलाई भने तत्काल खाता अद्यावधिक गर्न भनिएको छ । खाता अपडेट गरेपछि मात्र लाभांश पाइनेछ । ओरियन्टलको कात्तिक ७ बसेको साधारण सभाले आर्थिक वर्ष २०७५–७६ को नाफाबाट ५% बोनस सेयर र १०.७९% नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो । बोनस सेयर डिम्याट खातामा पठाउन भने केही समय लाग्नेछ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: