पोखरा फाइनान्सको एफपीओ भर्ने बिहिबार अन्तिम म्याद
Powered by Blogger.
पोखरा फाइनान्सको एफपीओ भर्ने बिहिबार अन्तिम म्याद

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौं - पोखरा फाइनान्सको ९ लाख ८३ हजार ६८२ कित्ता एफपीओ भर्ने आज अन्तिम दिन हो । आज कार्यालय समयसम्म मात्र एफपीओमा आवेदन दिन सकिनेछ । फाइनान्सले साउन २५ गतेदेखि फेस भ्यालु १०० रुपैयाँमा १२० रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २२० रुपैयाँको दरले एफपीओ बिक्री खुला गरेको हो । यसमा न्यूनतम १० कित्तादेखि अधिकतम ४ हजार ९०० कित्तासम्म आवेदन दिन सकिनेछ । यसको बिक्री प्रबन्धक एनआइबीएल क्यापिटल मार्केट हो । 

लगानीकर्ताले आश्वा अनुमति पाएका सम्पूर्ण बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन पाउनेछन् । गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा फाइनान्सको चुक्ता पुँजी ५५ करोड ७४ लाख २० हजार रुपैयाँ रहेको छ । एफपीओ बिक्रीपछि भने फाइनान्सको चुक्ता पुँजी ६५ करोड ५७ लाख ८८ हजार ४९२ रुपैयाँ हुनेछ । फाइनान्सले चौथो त्रैमासमा ८ करोड ७७ लाख ८७ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यसको प्रतिसेयर आम्दानी १५ रुपैयाँ ७४ पैसा छ भने प्रतिसेयर नेटवर्थ १३८ रुपैयाँ ५० पैसा छ ।


Published Date : Thursday, August 17, 2017

हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्

,

Loading...