सहरी विकास मन्त्री प्रभु साहकै अगाडी स्थानीयले कुटे कार्यकारी अधिकृत
Powered by Blogger.
सहरी विकास मन्त्री प्रभु साहकै अगाडी स्थानीयले कुटे कार्यकारी अधिकृत



जनकपुर । जनकपुर उपमहानगरपालिकाका कार्यकारी अधिकृत अर्जुन सुवेदीलाई जनकपुरका स्थानीय वासिन्दाले कुटपिट गरेका छन् ।

सहरी विकास मन्त्री प्रभु साहकै सामुन्नेमा कुटपिट गरेका हुन् । उपमहानगरपालिकामा अहिले एकिकृत सहरी विकास परियोजनाको काम चलिरहेको छ । तर सहर अव्यवस्थित भएको र उपमहानगरपालिकाले जनताको काम नगरेको भन्दै सर्वसाधारणले सुवेदीलाई कुटपिट गरेका हुन् ।

मन्त्रीले निर्देशन दिन बोलाएकै कार्यक्रममा सुवेदी नगएको भन्दै स्थानीयले उनीमाथि हात हालेका हुन् । उनको अवस्था सामान्य रहेको छ ।उपमहानगरपालिकाका इन्जिनियर विरेन्द्र यादवसँग आक्रोशित भएका उनीहरुले कार्यकारी अधिकृतलाई नै हात हालेका हुन् । फाईल तस्बिर


Published Date : Tuesday, August 1, 2017

हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्

,

Loading...