प्रभु इन्सुरेन्सको खुद नाफा १६.३७% वृद्धि
Powered by Blogger.
प्रभु इन्सुरेन्सको खुद नाफा १६.३७% वृद्धि

 
  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं - आर्थिक वर्ष २०७३/७४ को चौथो त्रैमासमा प्रभु इन्सुरेन्सले १६.३७ प्रतिशतले खुद नाफा बढाएको छ । प्रभुले चौथौ त्रैमासमा १७ करोड ३८ लाख ३६ हजार रुपैयाँ खुद नाफा गरेको हो । अघिल्लो वर्ष यही अवधिमा कम्पनीको खुद नाफा १४ करोड ९३ लाख ७३ हजार रुपैयाँ थियो । प्रभुको जगेडा कोषमा १५ करोड २ लाख ७६ हजार रुपैयाँ छ भने महाविपत्ति जगेडामा ५ करोड ४४ लाख ६६ हजार रुपैयाँ छ । अघिल्लो आवको तुलनामा जगेडा कोष ४४.४९ प्रतिशत र महाविपत्ति जगेडा ४६.४० प्रतिशतले बढी हो । अघिल्लो वर्ष महाविपत्ति जगेडामा ३ करोड ८२ लाख ७० हजार रुपैयाँ थियो भने जगेडा कोषमा १० करोड ४० लाख रुपैयाँ थियो । यसैगरी, कम्पनीको बिमा कोषमा ३३ करोड ५० लाख ६४ हजार रुपैयाँ छ । 

प्रभुले ८३ करोड ७४ लाख ९३ हजार रुपैयाँ कुल बिमा शुल्क आर्जन गरेको छ । यो अघिल्लो वर्षको तुलनामा ९.९३ प्रतिशत बढी हो । अघिल्लो वर्षमा इन्सुरेन्सले ७६ करोड १७ लाख ९३ हजार रुपैयाँ कुल बिमा शुल्क आर्जन गरेको थियो । प्रभुले पुनर्बिमा कमिसनबाट १२ करोड ९१ लाख १५ हजार रुपैयाँ आम्दानी गरेको छ । बैंकको चुक्ता पुँजी ५७ करोड ७५ लाख २४ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष प्रभुको चुक्ता पुँजी ३२ करोड ९० लाख ७३ हजार रुपैयाँ थियो । कम्पनीको प्रतिसेयर आम्दानी (वार्षिक) ३० रुपैयाँ छ भने प्रतिसेयर नेटवर्थ १८४ रुपैयाँ छ ।

प्रकाशित मिति : Sunday, August 13, 2017

अर्थ सरोकार डटकमको लिखित अनुमति विना कुनै पनि समाचार स्रोत खुलाएरै भएपनि साभार गर्न पाइने छैन । अन्य जानकारीका लागि हाम्रो User Guidelines हेर्नुहोला ।

हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्

,

Loading...