×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

प्रचण्डसँग नजिकिएका बाबुरामले पार्टी एकताबारे मुख खोले ..!

काठमाडौं । नयाँ शक्ति पार्टीको राजनीतिमा एक्लिदैँ गएका बाबुराम भट्टराईले प्रचण्डसँग आफू जिन्दगीभर सँगै रहन नसक्ने बताएका छन् ।

मंगलबार पार्टीको महाधिवेशन आयोजक समितिको बैठकमा भट्टराईले नेकपा माओवादीसँगको एकताको विषयमा प्रष्टिकरण दिएका हुन् । नयाँ शक्तिकै अर्का नेता परशुराम खापुङले भट्टराईलाई प्रचण्डसँगको पछिल्लो भेट र एकताका विषयमा जिज्ञासा राखेका थिए ।

केही समयअघि बिरामी भएका बेला भट्टराईलाई भेट्न प्रचण्ड अस्पताल पुगेका थिए ।

‘म भौतिकवादी मान्छे हो, पुर्नजन्ममा म विश्वास गर्दिनँ। होला नहोला । तर यो जन्ममा प्रचण्डसँग सँगै भँइदैन’, भट्टराईले बैठकमा भनेका हुन् ।

भट्टराईले नयाँ शक्तिका नेता कार्यकर्तालाई पनि प्रचण्डको खुबी नै हल्ला चलाउने भएको समेत टिप्पणी गरे ।

‘तपाईँहरू पनि प्रष्ट हुनुहोस् । प्रचण्डजीको खुबी नै हल्ला चलाउने हो, नभएको विषयमा हल्ला चलायो । उसलाई मिलायो, कसलाई फकायो, यता मिलायो’, भट्टराईले भने, ‘प्रष्ट हुनुहोस् यो जन्ममा प्रचण्ड र म सँगै भइँदैन ।’

भट्टराईले बैठकमा नयाँ शक्ति छाड्ने लहरलाई समेत सामान्य रुपमा टिप्पणी गरे । नयाँ छाडेर रामचन्द्र झा माओवादी फर्किएका छन् भने देवेन्द्र पौडेल र बामदेव क्षेत्री लगायतका नेताहरु पनि फर्कने तयारीमा छन् । नयाँ शक्तिमा एक्लिदैँ गएका भट्टराईले तन एकातिर र मन अर्कातिर नपार्न कार्यकर्तालाई सुझाए ।

‘पार्टी छाडेर जानेहरु जान्छन्। तपाईँहरू कसैलाई पीडा बोध हुन्छ भने मन एकातिर तन एकातिर नगरौँ । त्यो झन् पीडादायी हुन्छ । त्यस्तोमा प्रष्ट होउँ । आफैँले आफैँलाई पीडा दिनु हुन्न’, भट्टराईले बैठकमा भने । तत्कालिन एकीकृत नेकता माओवादी एक्लै छाडे पनि भट्टराई पक्षधर केही नेता कार्यकर्ता पछि नयाँ शक्तिमा सामेल भएका थिए । तर माओवादी छाडेर नयाँ शक्तिमा आउनेहरू फर्कने क्रम तीव्र भएको छ ।

भट्टराईले नयाँ शक्ति बनाउन समय लाग्ने भन्दै कसैलाई समस्या भए छाड्न समेत सुझाए । ‘हामी समय लिएर बनाउने हो । विधानमा कार्यकारी पदमा रहने उमेर ७० राखेका छौँ, म ६४ लागेँ । ७० सम्म क्रियाशिल भएर समय दिन्छु । सबैले आआफ्नो प्रतिबद्धता गरौँ’, भट्टराईले भने । – काठमाडौं टुडे

Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: