×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

प्रचण्डले खटाए बुहारीलाई चुनाव क्षेत्रमा ‘टिकट दिने जिम्मा मेरो, जित्ने जिम्मा तिम्रो’

काठमाडौं – कांग्रेस र एमाले प्रदेश नम्वर २ को चुनावी तयारी जुटिरहेका बेला नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भने प्रदेश र केन्द्रको निर्वाचनमा होम्मिएका छन् । केन्द्र र प्रदेशको निर्वाचन तयारीका लागि परिवारका सदस्यदेखि अतिनिकट पार्टीका नेताहरुलाई चुनावी तयारी थाल्ने निर्देशन दिएका छन् ।
बुहारी विना मगर संविधानसभाको निर्वाचनमा कंचनपुर क्षेत्र नम्वर १ बाट उम्मेद्धार बनेकी थिइन । नेपाली कांग्रेसका उम्मेद्धारबाट पराजित भएकी विनालाई प्रचण्डले केन्द्रीय निर्वाचनको तयारी थाल्न लाजिम्पाटबाट कंचनपुर पठाएका छन् । बुहारीलाई ‘टिकट दिने जिम्मा मेरो, चुनाव जित्ने जिम्मा तिम्रो’ भन्दै कंचनपुर पठाएको स्रोतले बताएको छ ।
सरकारले निर्वाचनको मिति तोके लगतै विना प्रदेश नम्वर ७ पुगेकी छिन् । छोरासहित कंचनपुर पुगेकी विना आफ्नो निर्वाचन क्षेत्रमा खट्टिएकी छन् । चितवनमा रेणु दाहालले जस्तै उनले पनि कंचनपुरमा आमा समुह गठन गर्न थालेकी छिन् । भरतपुर महानगरपालिका वडा नं १९ मा रेणुले मतपत्र च्यातिएपछि आमा समुह गठन गरेकी थिइन । आमा समुहले नै उनलाई हारेको चुनाव जिताएक थिए ।
प्रचण्डको आग्रहमा विना कंचनपुरका गाउँमा पुगेकी छिन् । दशै काठमाडौंमा मनाएपनि तिहार कंचनपुरमै बनाउने तयारी उनले गरेकी थिन । कंचनपुरमा दैनिक आमा समुहको भेला गर्दै आएकी विना आमा समुहलाई नै आफ्नो भोट ब्याडक बनाउने रणनीति अपनाएकी छिन् ।
प्रचण्डको पूर्व पश्चिम दौडाह सकिएपछि छोरा प्रकाश दाहाल पनि केही समय कंचनपुर नै बस्ने भएका छन् । स्रोतका अनुसार पत्नी विनालाई सहयोग गर्न उनी कंचनपुर जाने तयारीमा छन् । अहिले भने बाबु प्रचण्डसँग उनी पूर्व पश्चिम दौडाहमा छन् ।
कंचनपुरमा माओवादी केन्द्रको संगठन बलियो बनाउन मात्र हैन, सामाजिक कार्यमा पनि विना संलग्न हुन थालेकी छिन् । विकास निर्माणका कामलाई लिएर काठमाडौं आउने र तत्कालै फेरी कंचनपुरमै पुग्ने योजना बनाएकी छिन् । कंचनपुरका गाउँमा पुग्दा उनले विकास निर्माणका योजना पनि छनोट गर्न थालेकी छिन् । – एस काठमाडौँ 
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: