तेश्रो प्रधानमन्त्री बन्ने बिश्वासका साथ प्रचण्डले भने जसले हाम्रो एजेण्डा स्वीकार गर्छ उसैसँग सहकार्य गछौ


  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौं - मंगलबार ३ नम्वर प्रदेशको पार्टी प्रशिक्षण कार्यक्रममा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्तासाझेदार दलसँग पहिले कार्यकारी राष्टपतिका बारेमा छलफल गर्ने बताएका छन् । म प्रधानमन्त्री देउवाजीलाई भन्छु प्रत्यक्ष निर्वाचित कार्यकारीलाई तपाईंहरुले स्वीकार्नु भयो भने सरकार निरन्तर हुन्छ, नत्र स्वीकार्ने खोज्छौ भन्छौं । जसले हाम्रो एजेण्डा स्वीकार गर्छ उसैसँग सहकार्य गछौ  - उनले थपे ।

प्रचण्डले भने - कार्यकारी राष्टपतिका पक्षमा नेपाली कांग्रेस सहमत नभए सँगै सरकारमा नबस्ने बताएका छन् । कार्यकारी राष्टपति अबको हाम्रो राजनीतिक एजेण्डा हो, पहिले कांग्रेससँग यो प्रस्ताव गर्छु, मानेन भने सरकारमा सँगै बस्न सकिँदैन । अब एजेण्डा मिल्नेसँग सत्ता साझेदार हुन्छ, नमिल्नेसँग कुनै सहकार्य हुँदैन । संविधान निर्माणका बेला माओवादी केन्द्रले कार्यकारी राष्टपतिको मुल एजेण्डा बनाएको भन्दै प्रचण्डले संविधान निर्माणका बेला छोडेको एजेण्डा माओवादीले विस्तारित बैठकबाट फेरी उठाउने निर्णय गरेको थियो ।

प्रशिक्षण कार्यक्रममा सरकार ढाल्ने कुरा समेत प्रचण्डले गरेका छन् । पहिलो पटक प्रधानमन्त्री हुँदा केही काम गर्न नसक्नुको कारण अलमल्लमा परेको भन्दै दोश्रो पटक प्रधानमन्त्री पदमा बसेर आफूले सकेसम्म काम गरेको उनको दावी थियो  । दोश्रो पटक प्रधानमन्त्री पदको जिम्मेवारी लिनु भैसकेको प्रचण्डले अब तेश्रो पटक पनि प्रधानमन्त्री हुने बिश्वास व्यक्त गरेका छन् । 


प्रकाशित : Wednesday, August 09, 2017
,
Loading...

recent

Popular Posts