एकैसाथ ५ कम्पनीको भयो हकप्रद र बोनसमा मूल्य समायोजन
Powered by Blogger.
एकैसाथ ५ कम्पनीको भयो हकप्रद र बोनसमा मूल्य समायोजन

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं - नेपाल स्टक एक्सचेन्जले शुक्रबार ५ वटा कम्पनीको बोनस र हकप्रदमा मूल्य समायोजन गरेको छ । नेप्सेले किसान माइक्रोफाइनान्सको २४.२२३६% हकप्रद, अरुण भ्याली हाइड्रोपावर १०% बोनस तथा सूर्या लाइफ इन्सुरेन्सको १०% बोनस सेयरको भाउ समायोजन गरेको हो । यसैगरी, समिट माइक्रोफाइनान्स र सिन्धु विकास बैंकको क्रमशः १००% र ८०% हकप्रदमा मूल्य समायोजन गरिएको छ । 

किसान माइक्रोफाइनान्सको समायोजनपछि २ हजार ५९६ रुपैयाँ भाउ कायम भएको छ । यसको आइतबार हुने पहिलो कारोबार २ हजार ५९६ रुपैयाँमा सुरु हुनेछ । कम्पनीको औसत आधार मूल्य १ हजार ८७७ रुपैयाँ छ । यता, अरुण भ्यालीको बोनस समायोजनपछि २४४ रुपैयाँ भाउ तोकिएको छ । अरुणको औसत आधार मूल्य चाहिँ ३१४ रुपैयाँ छ । सूर्या लाइफ इन्सुरेन्सको १०% बोनसपछि भाउ १ हजार ६८ रुपैयाँ कायम भएको छ । सूर्याको औसत आधार मूल्य १ हजार ४१ रुपैयाँ छ । 

यसैगरी, औसत आधार मूल्य १ हजार ७१६ रुपैयाँ रहेको समिटको समायोजित मूल्य १ हजार ९०५ रुपैयाँ तोकिएको छ । सिन्धु विकास बैंकको पनि हकप्रद समायोजनपछि मूल्य २२२ रुपैयाँ कायम भएको छ । यसको औसत आधार मूल्य भने २८८ रुपैयाँ छ । अब आइतबार यी ५ वटै कम्पनीको कारोबार समायोजित मूल्यमा खुल्नेछ । यी सबै कम्पनीले हकप्रद तथा साधारण सभाका लागि शुक्रबार बुक क्लोज गरेका हुन् ।

प्रकाशित मिति : Friday, August 25, 2017

अर्थ सरोकार डटकमको लिखित अनुमति विना कुनै पनि समाचार स्रोत खुलाएरै भएपनि साभार गर्न पाइने छैन । अन्य जानकारीका लागि हाम्रो User Guidelines हेर्नुहोला ।

हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्

,

Loading...