प्रोग्रेसिभ फाइनान्सका संस्थापकले पनि बिक्री गर्ने भए ४ लाख ३१ हजार कित्ता सेयर
Powered by Blogger.
प्रोग्रेसिभ फाइनान्सका संस्थापकले पनि बिक्री गर्ने भए ४ लाख ३१ हजार कित्ता सेयर

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं - प्रोग्रेसिभ फाइनान्सका संस्थापकहरुले ४ लाख ३१ हजार ७८३ कित्ता सेयर बिक्रीमा राखेका छन् । संस्थापक सेयर किन्ने पहिलो अधिकार सोही फाइनान्सका संस्थापक सेयरधनीलाई हुनेछ । संस्थापक सेयरधनीले नकिनेमा मात्र अन्य व्यक्ति तथा संस्थालाई बिक्री गर्न पाइने व्यवस्था छ । फाइनान्सका केही संस्थापकहरुले ४ लाख ३१ हजार ७८३ कित्ता सेयर बिक्री गर्न सञ्चालक समितिमा निवेदन दिएका हुन् । यो सेयर किन्न इच्छुक संस्थापक सेयरधनीले सूचना प्रकाशित भएको ३५ दिनभित्र निवदेन दिइसक्नुपर्नेछ । तोकिएको समयभित्र निवेदन नदिएमा सेयरमा हकदाबी गर्न पाइनेछैन ।

प्रकाशित मिति : Wednesday, August 9, 2017

अर्थ सरोकार डटकमको लिखित अनुमति विना कुनै पनि समाचार स्रोत खुलाएरै भएपनि साभार गर्न पाइने छैन । अन्य जानकारीका लागि हाम्रो User Guidelines हेर्नुहोला ।

हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्

,

Loading...