प्रुडेन्सियल इन्सुरेन्स ३०% हकप्रद अनुमति माग्न पुग्यो धितोपत्र बोर्ड
Powered by Blogger.
प्रुडेन्सियल इन्सुरेन्स ३०% हकप्रद अनुमति माग्न पुग्यो धितोपत्र बोर्ड

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं - धितोपत्र बोर्डसँग प्रुडेन्सियल इन्सुरेन्सले ३०% हकप्रद निष्कासन गर्न अनुमति मागेको छ । प्रुडेन्सियलले १ः०.३० अनुपातमा १२ लाख ८३ हजार ४० कित्ता हकप्रद सेयर निष्कासन गर्न बोर्डमा निवेदन दिएको हो । यसमा बिक्री प्रबन्धकको काम एनआइसी एसिया क्यापिटलले गर्नेछ ।

प्रुडेन्सियलले गत वर्ष सेयरधनीलाई २०% बोनस सेयर दिएको थियो । कम्पनीले यो बोनस सेयरपछि कायम हुने चुक्ता पुँजीबाट ३०% हकप्रद ल्याउन लागेको हो । गत आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा प्रुडेन्सियलको चुक्ता पुँजी ३५ करोड ६४ लाख रुपैयाँ छ । यस्तै, कम्पनीले १० करोड १५ लाख १७ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।


Published Date : Tuesday, August 8, 2017

हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्

,

Loading...