×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

पूर्णिमा विकास बैंकको खुद नाफा ३ करोड ६१ लाख ९३ हजार रुपैयाँ, प्रतिसेयर आम्दानी कति ?

काठमाडौं – पूर्णिमा विकास बैंकको आर्थिक वर्ष २०७५/७६को दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक भएको छ । सार्वजनिक भएको विवरण अनुसार बैंकको खुद नाफा ३ करोड ६१ लाख ९३ हजार रुपैयाँ कमाएको छ। यो नाफा गत वर्ष यही अवधिको तुलनामा ०.७५% ले घटेको हो । गत वर्ष बैंकले ३ करोड ६४ लाख ६७ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । 
यता, बैंकको खुद ब्याज आम्दानी १२.६३% बढाएर ८ करोड ३३ लाख ३८ हजार रुपैयाँ पुर्याएको छ भने सञ्चालन नाफा ०.८९% ले वृद्धि गरी ५ करोड ६२ लाख ४९ हजार रुपैयाँ पुगेको छ । 
यो त्रैमास सम्ममा ३ अर्ब ३५ करोड ६१ लख २८ हजार रुपैयाँ निक्षेप संकलन गरेको बैंकले ३ अर्ब ४ करोड ६७ लाख ९० हजार रुपैयाँ कर्जा लगानी गरेका छ । बैंकको चुक्ता पुँजी ५५ करोड १२ लाख ८३ हजार रुपैयाँ रहेको छ भने जगेडा कोषमा पनि १० करोड ८६ लाख ६ हजार रुपैयाँ छ ।
बैंकको खराब कर्जा ०.५७% रहेको छ भने प्रतिसेयर आम्दानी १३ रुपैयाँ १३ पैसा र प्रतिसेयर नेटवर्थ भने ११९ रुपैयाँ ७० पैसा छ ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: